५ जेष्ठ २०८१, शनिबार

स्थानीय

रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको  शव फेला

रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको शव फेला

समाचार, समाज, स्थानीय
२५ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रोतहटमा पासो लगाई झुण्डेको अवस्थामा एउटा महिलाको शव फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर निवासी दुखरन साहको बुहारी तथा रामदयालको श्रीमती वर्ष २८ की जलेसिया देवी कानु आफ्नै घरमा पासो लगाइ झुन्डेको अवस्थामा फेला परेको माधोपुर प्रहरी चौकीले जनाएको छ । मृतकको श्रीमान राम दयाल साह बिगत ८ वर्ष देखि बिदेशमा बसेर मजदुरी गर्दै थियो । ८ वर्षको लामो बसाइ पछि ३ महिना पहिला नै रामदयाल बिदेशबाट फर्केको थियो । घटना रहस्यमय भएको र यसको छानबिन तथा अनुसन्धान निश्पक्ष हुनुपर्ने गाउँका भद्रभलादमीहरुको भनाई रहेको छ । मृतकको शवलाई पोष्टमार्टकका लागि अस्पताल लग्न नदिँदा केहि बेर प्रहरी र स्थानीय बीच स्थिति तनाव भएको थियो । माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा नं. ६ का वडा अध्यक्ष राम नरेश यादव संयुक्त रुपमा स्थानीयलाई सम्झ...
पर्साको ठोरीमा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण

पर्साको ठोरीमा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण

समाचार, स्थानीय
५ असार ,वीरगन्ज । बलिराम यादव पर्साको ठोरी वडा न ५ मा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। ठोरीको विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हालसालै स्थापना भएको ठोरी युवा भिजन फाउन्डेसनको सहयोगमा वृक्षारोपण गरिएको हो । नवनिर्मित ठोरी ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन ,शशस्त्र र नेपाल प्रहरी , फाउन्डेसन का अध्यक्ष नारायण वाइबा , उपाध्यक्ष रोशन लोप्चन लगायत स्थानिय बासीहरुको सहयोगमा वृक्षारोपण गरिएको फाउन्डेसन को उपाध्यक्ष लोप्चनले जानकारी दिए। सो अवसरमा जापनिज कपूर २०वटा,चोरी, चेक्रड लगायत विभिन्न प्रजातिको बिरुवा रोपिएको हो।ठोरीका युवा शुरेश पाख्रिनको पहलमा स्थापना भएको ठोरी युवा भिजन फाउन्डेशनसंस्थाले युवाको सक्रियतामा ठोरीको सकारात्मक परिवर्तनका लागि कामगर्ने लक्ष्य राखेको फाउण्डेशनले जनाको छ। अभियानका रूपमा सञ्चालन हुने संस्थाले ठोरी बाहिर रहेको र ठोरीमै रहे...
२७० के.जी.  गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

२७० के.जी. गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

समाचार, स्थानीय, स्वस्थ्य
२३ असार,वीरगन्ज । बलिराम यादव  जिल्ला प्रहरी कार्यालय पर्साले २७० के।जी।गाँजा सहित २जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुरका बाटो हुँदै ओसार पोसार भइरहेको लागू औषध गाँजा सूचनाको आधारमा पर्सा प्रहरि निरीक्षक प्रजवाल थपलियाको नेतृत्वको टोलीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो। परवानीपुर सडकखण्डमा चेक जाँच गर्ने क्रममा यु.पी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्याबिनमा लुकाई छिपाई राखिएको अवस्थामा २सय ७०के।जी।गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरि नायब उपरिक्षक प्रह्लाद कार्कीले जानकारी गराएका हुन्।उनका अनुसार गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहरी ग्राम सेमारी वडा नं ११ बर्ष २७ को विजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारन पलड्वा वर्ष ५० को धर्मेन्द्र या...
आयुर्वेद औषधालय प्रती आम जनता चासो

आयुर्वेद औषधालय प्रती आम जनता चासो

समाचार, समाज, स्थानीय
२२ आसार , विरगंज । बलिराम यादव पर्सा जिल्लाको ग्रामिण समुदायमा संचालित आयुर्वेद अस्पताल प्रति आम जनताको चासो र गुनासो बढन थालेको छ। पहिला पहिला जिल्ला बाट सञ्चालन हुदैआको आयुर्वेद औषधालय हाल पालिका स्तर बाट सञ्चालन भइरहँदा सेवा सुविधा पहिले भन्दा अहिले थप चुस्त दुरुस्त बान्न थालेको छ।नजिकै रहेको सरकारी स्वस्थ चौकी र सोही भवनमा रहेको प्राइभेट अस्पताल भन्दा आयुर्वेद औषधालयमा सेवाग्राहीको चाप बढि देख्न पाइन्छ। पर्सा जिल्लाको विन्द्वस्नी गाउँपालिका वडा नं २बहुअर्वा भाठा मा रहेको आयुर्वेद औषधालयमा अहिले आम सेवाग्राहीको झुकाव बढेको देखिन्छ। निशुल्क उपचार को साथै प्राकृतिक जडिबुटीबाट निर्मित आयुर्वेदिक औषधि को कुनै साइड इफेक्ट नरहेको र यसले कुनै प्रकारको हानि नोकसानी समेत नगर्ने भाए पछि आफू विश्वस्त भएर उपचार गराउन आको एक सेवा गराही विन्देश्वरी पल्टेल ले बताउनु हुन्छ । पुरुष मात्र होइन म...
विकासको पर्खाइमा गरीब डोम बस्ती

विकासको पर्खाइमा गरीब डोम बस्ती

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२२ असार, पर्सा । बलिराम यादव, पर्सा संवाददाता पर्सा जिल्लाको गरमिन भेगमा रहेको पर्सागढी नगरपालिका वडा नं ६ तित्राउन चैनपुरमा करिब ११ घरपरिवारमा रहेका करिब ,७२ जन दलित डोम बस्तीमा अहिले सम्म विकास पुगन सकेको छैन। पिहलो जनप्रनिधी निर्वाचित भई पाँच वर्ष कार्यकालमा विकास नामको कुनै शब्द पुगन सकेको छैन। अहिले पनि उ यही फुस्को घर , पलास्टिक ओक्षयाइएस्को छानो ,कम्बल्ले घेरिएको भकरो, जस्ता दृश्यले जो कोहीको मन पग्लिन्छ। लाखौं करोडौंको बजेट मतोपुरी गराबेल,रोड नला ढलनमा सिद्याइन्छ। तर अति विपन गरिबहरूको झुपडीमा विकास नामको शब्द किन पुग्दैन । शिक्षा श्वास्थ,खाने पानीको समेत अभाभव रहेको त्यो डोम बस्तीमा देख्न सकिन्छ।एउटै धारा बाट ७२जनाले आफ्नो गुजारा चलाइरहेको अवस्था छ। नेपाल खुला दिसा मुक्त भएको धेरै समय बितिसक्दा पनि शौचालय नभएर उनीहरू अहिले पनि बहिर दिसा गर्न बाध्य रहेका छन् ।रिङ त पाइयो ...
सेवाग्रहीसँग १ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सब इन्जिनियर पक्राउ

सेवाग्रहीसँग १ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सब इन्जिनियर पक्राउ

समाचार, स्थानीय
२२ असार, विरगंज । सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा वीरगञ्जस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर पक्राउ परेका छन् । सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्सामा दुबे विरुद्ध सेवाग्राहीले दिएको मौखिक उजुरीको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई पक्राउ गरेको स्रोतले जनाएको छ । दुबे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन् ।...
मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।

मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।

मनोरञ्जन, विविध, समाचार, स्थानीय
१९ असार, विरगंज । बलिराम यादव विरगंजको होटल पदम पार्टी प्यालेमा शनिबार भएको मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ बिजेता पुरुष तर्फबाट निपुण दास र महिला तर्फ प्रकृति उपाध्याय हुन सफल भएका छन । आफ्नो प्रतिभा र आम समुदायको रोजाईले यो उपाधि पाएका छन । ई–सेवा भ्युअर च्वाइएस फस्ट रनरअपको उपाधी हिमेश विक्रम साह र स्वस्तिका रौनियार भएका छन । दोश्रो रनरअप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन । त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश विक्रम साह प्रफोरमेन्सको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन । आयोजक एमि इन्टरटेन्मेन्टका, संयोजक रोयर इन्टरटेन्मेन्टका एण्ड ईभेन्ट म्यानेजमेन्ट संगै शभ्यता इन्टरटेन्मेन्टका तर्फबाट युवराज केशरी तथा विजय ठाकुरको संयुक्त अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि डा। दिपक शाक्य, युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकास सरार्फ, समाजिक अभि...
विगतको नेतृत्वले गरेका कामहरु समेटेर विरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी

विगतको नेतृत्वले गरेका कामहरु समेटेर विरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी

राजनीति, समाचार, स्थानीय
१९ असार, विरगंज/बलिराम यादव । विरगंज महानगरपालिकाको सभा हलमा आज विगतको नेतृत्वले गरेका कामहरु समेटेर महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी भएको छ । आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन नै गरेर नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गरेका हुन् । जारी श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका बजेटका विवरणहरु समेटिएका छन् । यस्तै श्वेतपत्रमा महानगरको वर्तमान भौतिक पूर्वाधार , आर्थिक , शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे पनि जानकारी गराइएको छ । श्वेतपत्र जारी गर्दै नवनिर्वाचित मेयर सिंहले विगतको नेतृत्वले महानगरमा निमर्माण तथा सन्चालनका गरेका भौतिक पुर्वाधार र योजनाहरु निर्माण सम्पन्न भइ सन्चालनमा आएको एक डेढ वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेको अवस्था रहेको बताए । भैतिक पुर्वाधार र ...
सलार्हीमा भारतीय नम्बरको मोटरसाइकलले ठोकर दिदाँ एउटा बालकको मृत्यू

सलार्हीमा भारतीय नम्बरको मोटरसाइकलले ठोकर दिदाँ एउटा बालकको मृत्यू

समाचार, स्थानीय
प्रदेश अनलाइन न्युज डेस्क १९ असार, सलार्ही । रौतहट र सर्लाहीमा भारतीय नम्बरको बिगबिगी बढेको छ । बिना व्लुबुक , बिना लाइसेन्स र बिना हेल्मेटको प्रयोग गरि गाडी चलाउदा पनि ट्राफिक प्रहरी कुम्भकर्ण निन्द्रामा सुतेको अवस्था देख्न सकिन्छ । नतिजा दिनँहु भारतीय नम्बरको गाडीको दुर्घटनाको समाचार सुन्ने गरिन्छ । सलार्हीमा भारतीय नम्बरको मोटरसाइकलले ठोकर दिदाँ एउटा बालकको मृत्यू भएको छ । जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर –७, गैरिया टोलका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साह को ठक्करबाट मृत्यू भएको छ । शनिबार साँझ बीआर ३० एस ८५६७ भारतीय नम्वरको मोटरसाइकलले ठक्कर दिंदा निखिल गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । दुर्घनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहे...
फोहर व्यवस्थापनका लागि  समनपुर बजारमा डस्टविन वितरण।

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण।

समाचार, स्थानीय, स्वस्थ्य
१९ असार, रौतहट रामसरण यादव । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न समनपुर बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ। आसा लघुवित वितिय संस्थाको समन्वयमा १४ ओटा डस्टविन वितरण गरिएको हो। आसा लघुवित वितिय संस्था लिमिटेड साखा कार्यालय समनपुर शाखाको प्रबन्ध निर्देशक संतोष यादवले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुभयो छ । उक्त हस्तान्तरण कार्यक्रममा गढ़िमाई नगरपालिका वडा न १ का वडा अध्यक्ष रामपुकार यादव , वडा न २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ट , ईलाका प्रहरी कार्यालय , सशस्त्र बेश क्याप समनपुरको प्रमुख , बुद्धिजिबी भरभलादमी आसा लघुवित वितिय संस्थाको अन्य कर्मचारीको उपस्थिति थिए। प्रबन्ध निर्देशक संतोष यादवले जानकारी ग...