
५ असार ,वीरगन्ज । बलिराम यादव
पर्साको ठोरी वडा न ५ मा एतिहासिक बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ। ठोरीको विकासमा युवालाई सहभागी गराउने उद्देश्यले हालसालै स्थापना भएको ठोरी युवा भिजन फाउन्डेसनको सहयोगमा वृक्षारोपण गरिएको हो ।
नवनिर्मित ठोरी ५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन ,शशस्त्र र नेपाल प्रहरी , फाउन्डेसन का अध्यक्ष नारायण वाइबा , उपाध्यक्ष रोशन लोप्चन लगायत स्थानिय बासीहरुको सहयोगमा वृक्षारोपण गरिएको फाउन्डेसन को उपाध्यक्ष लोप्चनले जानकारी दिए।
सो अवसरमा जापनिज कपूर २०वटा,चोरी, चेक्रड लगायत विभिन्न प्रजातिको बिरुवा रोपिएको हो।ठोरीका युवा शुरेश पाख्रिनको पहलमा स्थापना भएको ठोरी युवा भिजन फाउन्डेशनसंस्थाले युवाको सक्रियतामा ठोरीको सकारात्मक परिवर्तनका लागि कामगर्ने लक्ष्य राखेको फाउण्डेशनले जनाको छ।
अभियानका रूपमा सञ्चालन हुने संस्थाले ठोरी बाहिर रहेको र ठोरीमै रहेको युवाहरुलाई समेट्ने गरी अगाडि बढ्ने लक्ष्य लिएको उपाध्यक्ष लोप्चनले बताए। एतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा हरियाली बाताबरण निर्माण गर्न सके अझ धेरै पर्यटक भित्र्याउने उनले बताए।