१४ चैत्र २०७९, मंगलवार

मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ मा निपुण दास र प्रकृति उपाध्यायले हात पारे ।

159

१९ असार, विरगंज । बलिराम यादव
विरगंजको होटल पदम पार्टी प्यालेमा शनिबार भएको मिस्टर एण्ड मिस विरगंज फेसन हण्ट २०२२ बिजेता पुरुष तर्फबाट निपुण दास र महिला तर्फ प्रकृति उपाध्याय हुन सफल भएका छन । आफ्नो प्रतिभा र आम समुदायको रोजाईले यो उपाधि पाएका छन । ई–सेवा भ्युअर च्वाइएस फस्ट रनरअपको उपाधी हिमेश विक्रम साह र स्वस्तिका रौनियार भएका छन । दोश्रो रनरअप उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन । त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश विक्रम साह प्रफोरमेन्सको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन । आयोजक एमि इन्टरटेन्मेन्टका, संयोजक रोयर इन्टरटेन्मेन्टका एण्ड ईभेन्ट म्यानेजमेन्ट संगै शभ्यता इन्टरटेन्मेन्टका तर्फबाट युवराज केशरी तथा विजय ठाकुरको संयुक्त अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि डा। दिपक शाक्य, युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकास सरार्फ, समाजिक अभियन्ता प्रकास थारु, डेसिमल कलेजकी निर्देशिका डा। सुषमा दुबेदी तिवारी, सामाजिक अभियन्ता तथा राजनितिकर्मी रम्भा मिश्रा, सामाजसेवी कमल चौगाई, रामराज श्रेष्ठ, नेपाल टि।भि।का नेहाल खान, पत्रकार निरज पिठाकोटी मगर, मंसुर खान,संतोष रंजितकार युडि बाइ सेफ कम्प्युटर एजुकेशनका बंशीधर रौनियार लगायतका विभिन्न संद्य संस्था र विद्यायल गरि तीन साय भन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम महिला र पुरुष गरी अन्तिम प्रतिस्पधाकोलागि ११ जना सहभागि रहेको कार्यक्रमलाई कार्यक्रम संचालक विबेक कर्णले गर्नु भएको थियो भने कार्यक्रमका निर्णायक मंडलमा नियिका तथा मोडल सभ्यता गिरी, मोडल करण सिंह पटेल तथा नवरतल तिवारी थिए । कार्यक्रमलाई अझ मनमोहक बनाउन गायक छोटुराज, एन।एस।, नृत्य मिलन साजन र मनोकामना स्कुलका विद्यार्थीहरुले दर्शकहरु नचाएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्द अतिथि ओमप्रकास सरार्फले यस्ता किसिमका कार्यक्रमले अहिलेका विद्यार्थी र युवाहरुलाई मानवता र विकास संगै आफ्नो समाजलाई राम्रो गन्तब्य तिर लग्न सकिने बताएका थिए ।
कार्यक्रमलाई सफल र साहज भएको र आगामि दिनमा स्थानिय प्रतिभालाई नेशनल लेवल सम्म पु¥याउन सधै तैयार रहने कार्यक्रम प्रबन्धक तथा फोटोग्राफर विजय ठाकुरले जनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0