१८ चैत्र २०७९, शनिबार

२७० के.जी. गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

148

२३ असार,वीरगन्ज । बलिराम यादव 
जिल्ला प्रहरी कार्यालय पर्साले २७० के।जी।गाँजा सहित २जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुरका बाटो हुँदै ओसार पोसार भइरहेको लागू औषध गाँजा सूचनाको आधारमा पर्सा प्रहरि निरीक्षक प्रजवाल थपलियाको नेतृत्वको टोलीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो।

परवानीपुर सडकखण्डमा चेक जाँच गर्ने क्रममा यु.पी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्याबिनमा लुकाई छिपाई राखिएको अवस्थामा २सय ७०के।जी।गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरि नायब उपरिक्षक प्रह्लाद कार्कीले जानकारी गराएका हुन्।उनका अनुसार गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहरी ग्राम सेमारी वडा नं ११ बर्ष २७ को विजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारन पलड्वा वर्ष ५० को धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको उपरीक्षक कार्कीले बताउनुभयो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0