२२ फाल्गुन २०८०, मंगलवार

खेलकुद

गौरमा आज देखि मेयर कप सुरु, राइस खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको मेयर साहको भनाइ

गौरमा आज देखि मेयर कप सुरु, राइस खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको मेयर साहको भनाइ

खेलकुद, समाचार, समाज, स्थानीय
१३ माघ, गौर, प्रदेशअनलाइन न्यूज रौतहट जिल्लाको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको विशेष पहलमा आज देखि गौर नगरपालिका अन्तर्गतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । गौर नगरपालिकाको पूर्ण आर्थिक सहयोग एवम् रौतहट जिल्ला किक्रेट संघको आयोजनामा सुरु भएको मेयर कप क्रिकेट प्रतियोगिताको समुद्धघाटन नगरप्रमुख साहले गरेका छन । गौर नगरपालिका भित्रका ९ वटै वडाको टोली बीच प्रतिष्पर्धा हुने भएको छ । । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले जानकारी दिएका छन । युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ मेयर कपको आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले जानकारी दि...
पर्सा जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ को आयोजना गरिँदै

पर्सा जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ को आयोजना गरिँदै

खेलकुद, समाचार
३ जेठ , वीरगञ्ज । पर्सा जिल्लामा रहेका पुरुष क्रिकेट खेलाडीहरुको कौशल, शक्ति र क्षमता पत्ता लगाउन ‘वीरगञ्ज सुपर लिग’ क्रिकेट प्रतियोगिताको आयोजना गरिँदै छ । वीरगञ्ज यूथ्स स्पोर्ट्स एकेडमीको आयोजनामा आगामी जेठ ९ गतेदेखि सुरु हुनलागेको सुपर लिगमा ६ वटा टिम विच भिडन्त हुन्छ । पर्सा जिल्लाका विभिन्न स्थानीय तहबाट खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिएका ७८ जनालाई लिएर निर्माण गरिएको ६ वटा टिम बीच भिडन्त हुने आयोजक संस्थाका कोषाध्यक्ष हासिम अन्सारीले जानकारी दिए । पारदर्शिताका लागि गोला प्रथा मार्फत टिममा खेलाडी बाँडिएको अन्सारीले सुनाए । ‘खुल्ला प्रतिष्पर्धा मार्फत खेलाडी छनौट गर्न हामीले एउटा फारम आह्वान गरेका थियौँ,’ उनले भने, ‘त्यहाँ आवेदन दिएकाहरुलाई लिएर हामीले टिम तयार गरेका छौँ । ६ वटै टिमका लागि पहिला कप्तान छानेर गोला प्रथा मार्फत खेलाडी बाड्ने काम गर्‍यौं । पारदर्शी हिसाबले सबै प्रक्...
राष्ट्रिय क्रिकेट टिमका कप्तान नवलपरासीका रोहित पौडेललाई सम्मान

राष्ट्रिय क्रिकेट टिमका कप्तान नवलपरासीका रोहित पौडेललाई सम्मान

खेलकुद, समाचार
  नवलपरासी/फागुन १३ गते । बिनोद निगम / क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट-सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ । बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताउनुभयो । उहाँले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताउनुभयो । उहाँले आफूहरूको अबको लक्ष्य विश्वकप ...
१० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम

१० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम

खेलकुद, मनोरञ्जन, राजनीति, समाचार
फाल्गुन ११ गते । रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजना गरिएको १० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम भएकी छीन । राजदेवी मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको महिला साइकल दौड़ प्रतियोगितामा २२ जना लाइ पछि पार्दै राजदेवी नगरपालिकाका रबीना साहले पहिलो स्थान हासिल गरेकी हुन । विभिन्न छनौट प्रक्रिया पार गर्दै फाइनलमाँ छनौट भएर आएकी २३ जनाले सहभागिता जनाएकोमा रबीना साह प्रथम , गौर नगरपालिकाका चंचल कुमारी दोस्रो तथा गौर नगरपालिकाका मिथलेश कुमारी तृतीय स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगितामा प्रथम भएकालाइ ५० हजार ,दोस्रोलाइ ३० हजार ,र तेस्रो भएकालाइ २० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको आयोजक सस्थाले जनाएको छ । फाइनल प्रतियोगितामा सहभागी भएका सवैलाइ एक एक वटा साइकल प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा सम्वोधन गर्दै नेपाल सरकारका कृषि तथा ...
बलिदानी दिवसको अबसरमा वैडमिन्टन प्रतियोगिता शुरु

बलिदानी दिवसको अबसरमा वैडमिन्टन प्रतियोगिता शुरु

खेलकुद, समाचार, स्थानीय
बलिदानी दिवसको अबसरमा वैडमिन्टन प्रतियोगिता शुरु माघ ३ गते राैतहट।प्रेमचन्द्र झा ।  मधेस आन्दोलनका सहिदको सम्झनामा हरेक बर्ष माध ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा वैडमिनटन खेल शुरु भएकोछ । समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा राईस मिल हलमा शुरु भएको सो बैडमिन्टन खेल प्रतियोगितामा नेपाली सेना ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ , प्रहरी स्कुल सहित ११ वटा टिम सहभागी भएका छन। सो प्रतियोगिताको उदघाटन नेपाल पत्रकार महासंधका अध्यक्ष प्रेमचन्द्र झाले एक कार्यक्रम बिच गर्नु भयाे । सो खेलमा प्रथम ,द्वितिय र तृतीय हुने टिमलाई क्रमश ११हजार ७ हजार र पाँच हजार पुरस्कार दिने आयोजक संस्थाका अध्यक्ष ललन यादवले जानकारी दिनु भयो । प्रतियोगिताका विजयी टिमहरुलाई यही माघ ५ गते बलिदानी दिवसका दिन एक समारोह बिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने...
राजदेवी मेयर कप २०७९ को फाइनलमा मुडवलवाको शानदार जित

राजदेवी मेयर कप २०७९ को फाइनलमा मुडवलवाको शानदार जित

खेलकुद, समाचार
२३ पुस रौतहट  ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको आयोजना र श्री राजदेवी बचत तथा ऋण सहकारी संस्था लि। को समन्वय, सहकार्य तथा संयोजनमा २०७९ सालको मेयर कप त् द्दण् क्रिकेट प्रतियोगिताको फाईनल मैच आज राजदेवी(७ मुडवलवा र राजदेवी(८ लक्ष्मीपुर बेलविछवा बिच भएको खेलमा वडा नं ७ मुडवलवाले शानदार जित हासिल गरेका छन् । आजको फाइनल खेलमा वडा नं ८ ले टॉस जिती पहिले बल्लेबाजी गर्ने निर्णय गरेको थियो । पहिले बल्लेबाजी गर्दै वाडा नं ८ ले अल आउट भई वडा नं ७ लाई १०२ रनको समान्य लक्ष्य दिएको थियो । लक्ष्य लाई पछ्याउर्दै १८ औ भरमा ५ विकेट ले प्राजित गर्दै मुडवलवाले जित हासिल गरेको हो । अति रोमाञ्चक बनेको फाइनल प्रतियोगितामा बिजेता भएको वार्ड न।७ को तर्फबाट ५० रन बनाएको र २ विकेट हासिल गरेको सितेश यादवलाई आजको फाइनल प्रतियोगिताको मैन अप दी मैच घोषित गरिएको छ् । बिजेता टिम र उपबिजेत्त...
पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग पराजित

पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग पराजित

खेलकुद, समाचार
काठमाडौँ, कार्तिक २८ गते । युएईसँग जारी तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल ८५ रनले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल पुरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाउँदा डेब्युमै अर्धशतक प्रहार गर्दै अर्जुन साउदले ५१ रन बनाए। त्यस्तै गुल्सन झाले १९ रनको अविजित इनिङ खेल्दा उनी बाहेक थप दोहोरो रनको स्कोरका रुपमा आसिफ शेखले १२ रन बनाए। नेपालका लागि ज्ञानेन्द्र मल्ल शून्यमा रनमा पेभिलियन फर्किदा कप्तान रोहित पौडेलले १ रन बनाए । त्यस्तै हरिशंकर साहले ८ रन बनाउँदा कुशल भुर्तेलले ६ रन तथा सोमपाल कामीले ३ रन बनाए। त्यस्तै ललित राजवशी ६ रनमा अविजित रहे।...
फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

खेलकुद, मनोरञ्जन, राजनीति, विविध, शिक्षा, समाचार
१. सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला, हत्यामा संलग्न मृतकका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादव प्रहरीको नियन्त्रणमा २. वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार प्रहरीको नियन्त्रणमा , कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद, पक्राउ पर्नेमा विरगंज १० निवासी ३१ वर्षीय अनिल कुमार रहेको प्रहरीको भनाइ ३. वन तथा वातावरण मन्त्री प्रदीप यादवद्वारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन, माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गनर्् मन्त्री यादवको प्रतिबद्धता ४. नयाँ विध...
आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गतओमानमाथि नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गतओमानमाथि नेपालको शानदार जित

खेलकुद
१ असार, काठमाडौं । अमेरिकामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३।१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आजै अमेरिकासँग खेल्नेछ । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । यस्तै कुशलले ७५ बल खेल्दै...
यसरी सम्भव भयो रियल मड्रिडको अविश्वसनीय विजय

यसरी सम्भव भयो रियल मड्रिडको अविश्वसनीय विजय

खेलकुद
१५ जेठ, काठमाडौं । लिभरपुललाई पराजित गरी कीर्तिमान विस्तारसहित च्याम्पियन्स लिगको उपाधि जितेको स्पेनिस महारथी रियल मड्रिडको यो सफलता नाटकीय र अविश्वसनीय पुनरागमनबाट सम्भव भएको हो । पछिल्लो सेप्टेम्बरमा समूह चरणमै माल्दोभा सेरिफसँगको हार व्यहोर्दा रियलको विश्लेषण बलियो टोलीका रुपमा गरिएको थिएन । रियल मड्रिडले शनिबार राती पेरिसमा लिभरपुललाई १–० ले हराउँदै १४औंपल्ट युरोपियन च्याम्पियन बन्यो । फाइनलको अन्तिम सिठ्ठी बनेपछि प्रशिक्षक कार्लो एन्सेलोटीले मैदानमै पुगेर खेलाडीसँग खुसियाली साट्नुको दृश्य रोमान्चक थियो । रियलका लागि यो जितको अर्थ एन्सेलोटीजति अरुले बुझेका छैनन् । फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्सले बीबीसी रेडियोसँग भनेका छन्, ‘यो सिजन च्याम्पियन्स लिगका लागि रियल सबैभन्दा उत्कृष्ट टिम थिएन ।’ म्यानचेस्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनाण्डले यो सफलताका लागि र...