१४ बैशाख २०८१, शुक्रबार

१० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम

फाल्गुन ११ गते । रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा आयोजना गरिएको १० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम भएकी छीन ।
राजदेवी मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको महिला साइकल दौड़ प्रतियोगितामा २२ जना लाइ पछि पार्दै राजदेवी नगरपालिकाका रबीना साहले पहिलो स्थान हासिल गरेकी हुन ।
विभिन्न छनौट प्रक्रिया पार गर्दै फाइनलमाँ छनौट भएर आएकी २३ जनाले सहभागिता जनाएकोमा रबीना साह प्रथम , गौर नगरपालिकाका चंचल कुमारी दोस्रो तथा गौर नगरपालिकाका मिथलेश कुमारी तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
प्रतियोगितामा प्रथम भएकालाइ ५० हजार ,दोस्रोलाइ ३० हजार ,र तेस्रो भएकालाइ २० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको आयोजक सस्थाले जनाएको छ । फाइनल प्रतियोगितामा सहभागी भएका सवैलाइ एक एक वटा साइकल प्रदान गरिएको छ ।
पुरस्कार वितरण समारोहमा सम्वोधन गर्दै नेपाल सरकारका कृषि तथा पशु पंछी मन्त्री ज्वाला साहले महिलाहरुको सवै क्षेत्रमा बढ्दै गएको सहभागिताले हर्षित भएको बताएका छन ।
संघीयता पछि महिलाहरु सवै क्षेत्रमा आफ्नो सहभागिता , प्रतिभा , पहुंच बनाउन लागेको साहले बताए । मन्त्री साह ले कृषि क्षेत्रमा प्राथमिकता क्रम मिलाएर योजना समेत पठाउन स्थानीय सरकारका प्रमुखहरुलाई आग्रह समेत गरे ।
राजदेवी मिडिया सेन्टरका अध्यक्ष राम पुकार राउतको सभापतित्वमा भएको समारोहमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका डाक्टर चितरंजन साह , डाक्टर सरोज सिंह र निशुल्क शिक्षा प्रदान गर्दै आएका शिक्षक नीरज साहलाइ सम्मान गरिएको छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकूद मन्त्री मोहमद जैद आलम , गृह तथा संचार राज्य मन्त्री केशव राय चौधरी , गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *