५ जेष्ठ २०८१, शनिबार

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी

सलार्ही, फागुन २८ गते ।

सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा स्थानीयले जलाएका छन् ।

साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतो गम्भीर घाइते भएपछि ठक्कर दिने बसलाई स्थानीयले जलाएको हो ।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे उनलाई ठक्कर दिएको हो । घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । बसमा पूर्णरुपले क्षति पुगेको छ ।

महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *