२२ मंसिर २०८०, शुक्रबार

शिक्षा

जिल्ला समन्वय समितिको रवैयाले जु.न.मा. विद्यालयको निर्माणाधीन छात्रावासको निर्माणमा ढिलाई भएको स्पष्ट

जिल्ला समन्वय समितिको रवैयाले जु.न.मा. विद्यालयको निर्माणाधीन छात्रावासको निर्माणमा ढिलाई भएको स्पष्ट

राजनीति, शिक्षा, समाचार, स्थानीय
१५ कार्तिक, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित श्री जुद्ध नमुना माध्यमिक विद्यालयको निर्माणधिन छात्रावासको निर्माणको ढिलाईमा जिल्ला समन्वय समिति रौतहटको लाभरवाही रहेको स्पष्ट भएको छ । भारतीय दूतावासको सहयोगमा निर्माण शुरु गरिएको छात्रावास हाल जिल्ला समन्वय समितिको मातहतमा रहेको र गौर नपालाई हस्तांतरण गर्न तिन महिना अगाडि नै पत्रचार गरि सकिएको छ। निर्माणाधीन अवस्थामा रहेको उक्त छात्रावासको जिम्मेदारी नगरपालिकाले पाए लगतै निर्माण कार्य शुरु गरिने गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले दाबी गरेको छन। गौर नगरपालिकाले समन्वय समितिलाई पटक पटक मौखिक र लिखित तागेदा गरे पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढाएपछि निर्माण कार्य बिलम्ब हुन गएको नगरप्रमुख साहले प्रष्ट पारेको छन। अलपत्र अवस्थामा रहेको छात्रावास हाल शंकास्पद गतिविधि गर्नेहरु अड्डाको रुपमा विकसित हुदै...
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झा र उनका छोरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष झा र उनका छोरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२९ असोज, रौतहट । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् । गौर नगरपालिका वडा नम्वर ३ बस्ने मनोज बर्माको ४५ बर्षिया श्रीमती सुनिता श्रीवास्तव माथि छिमेकी शाखा अध्यक्ष प्रेमचन्द्र झा र निजका छोरा अभिनाश झाले साँघातिक आक्रमण गरेर नाकमा काटिदिएपछि बुवाछोरा माथि पिडित पक्षले आज सोमवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएका हुन् । आईतवार विहान १० बजेको समयमा सामान्य कुरालाई लिएर बादविवाद हुँदा अभिनाश झाले सुनिता माथि धारिलो हतियार प्रहार गर्दा नाकमा गम्भीर चोट लाग्दा महिलाको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचार विरगंज स्थित न्यूरोमा भईरहेको छ । निज महिलाको अवस्था खतरायुक्त रहेको बताइएको छ । पिडिता महिला श्रीवास्ताव नेकपा एमालेको प्...
एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान

राजनीति, विविध, शिक्षा, समाचार
२९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन् । ...
राहत शिक्षक र सरकारबीच सहमतिपछि आन्‍दोलन फिर्ता, २०७६ पछिका शिक्षकले पेन्सन पाउने

राहत शिक्षक र सरकारबीच सहमतिपछि आन्‍दोलन फिर्ता, २०७६ पछिका शिक्षकले पेन्सन पाउने

राजनीति, शिक्षा, समाचार
काठमाण्डौ, असोज १२ गते । आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्। वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए। शिक्षा मन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको बताए। शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको उनको भनाइ छ। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए। ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ,’ उनले भने, ‘राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ, हामीले अहिल...
असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुने गौर न.पा.का प्र.अ.हरुको निर्णय

असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुने गौर न.पा.का प्र.अ.हरुको निर्णय

राजनीति, शिक्षा, समाचार, समाज
भदौ ३१ गते आइतवार । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा असोज ३ गतेदेखि विद्यालय ठप्प पारेर आन्दोलन गर्ने शिक्षकहरूको तयारी रहेको छ। नेपाल शिक्षक महासंघको आहवानमा असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणलाई रौतहटको गौर नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको बसेको बैठकले नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्ने र घोषित कार्यक्रम अनुसार विद्यालय बन्द गरि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागीता जनाउने निर्णय गरेको छन । गौर नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय सिसवाका प्रधानाध्यापक प्रभाष कुमार ठाक...
शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन

शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन

शिक्षा, समाचार, समाज
१५ भदौ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको गौर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको चार कोठे कक्षाकोठाको आज एक कार्यक्रम बिच नगरप्रमुख शम्भु साहले उदघाटन गरेका छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वि.सं. २०७९ साल माघ १२ गते वसन्तपंचमीको दिन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा सो चार कोठे कक्षाकोठाको निर्माणका लागि शिलान्यास भएको थियो । नगरप्रमुख साहको विशेष निगरानीमा निर्माण कार्य भइरहेको सो कक्षकोठाको सात महिनामा नै निर्माण प्रक्रिया पुरा भई उदघाटन हुदाँ विद्यायलका शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु खुशी हुँदै मेयर साहलाई विशेष धन्याद दिएका छन । गौरका मेयर शम्भु साह नगरभित्रका योजनाहरु अन्तर्गत निर्माण हुने कार्यहरुलाई विशेष निगरानी गर्दै आएका छन । निर्माण कार्य स्थलमा मेयर साह आफै समय समयमा गई निरिक्षण गर्नुको साथै निर्माण कार्यम...
मदरसा इस्लामिया गौरका विद्यार्थीहरुका लागि विधायक नागेन्द्र साहले गरे विशेष सहयोग, भौतिक पूर्वाधार मंत्री यादवद्धारा भवन निर्माणको प्रतिवद्धता

मदरसा इस्लामिया गौरका विद्यार्थीहरुका लागि विधायक नागेन्द्र साहले गरे विशेष सहयोग, भौतिक पूर्वाधार मंत्री यादवद्धारा भवन निर्माणको प्रतिवद्धता

राजनीति, शिक्षा, समाज, स्थानीय
११ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको गौर नगरपालिकामा रहेको मदरसा इस्लामियामा अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सांसद नागेन्द्र साहले विशेष सहयोग गरेका छन । गौर नगरपालिका वडा नं. १ मा रहेको मदरसा इस्लामिया गौरमा ६० जना गरिब तथा अति विपन्नका छोराहरु अध्ययन गर्ने गरेका छन । रौतहट, सलार्ही लगायत विभिन्न ठाउँबाट आएका मुस्लिम समुदायका गरिबका छोराहरुका लागि सो मदरसाले निःशुल्क बस्ने, खाने तथा पढाइको व्यवस्था गदै आएको मदरसा इस्लामियाका सचिव सदाम हुसैनले जानकारी गराएका छन । पहिला सो मदरसामा उर्दु किताबहरु मात्रै पढाई हुने गरेको तर अहिले सेडुल अनुसार नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयहरुको पनि पढाइ भैइरहेको सचिव हुसैनको भनाइ रहेको छ । मदरसा इस्लामियाका अध्ययनरत विद्यार्थीहरुलाई व्यवस्थापनमा आर्थिक रुपमा समस्या भएको हुँदा रौतहट क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य नागेन्द्र साहले ...
रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र  उदेश्यले बरहवा ताल किनारमा  नेपाली सेना द्वारा वृक्षारोपण ।

रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यले बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण ।

शिक्षा, समाचार, स्वस्थ्य
५साउन, रौतहट। नेपाली सेना विरदल गण रौतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन । सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन । विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो । वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए । सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।...
संवाद फाउण्डेशनको शाखा बारामा विस्तार, संयोजकमा जिम्मेवारी यादवलाई

संवाद फाउण्डेशनको शाखा बारामा विस्तार, संयोजकमा जिम्मेवारी यादवलाई

शिक्षा, समाज
२ साउन । कलैया । प्रदेश अनलाइन संवाददाता राजाबाबु यादवको संयोेजकत्वमा संवाद फाउण्डेशन बारा जिल्ला समिति गठन गरिएको छ । फाण्डेशनको केन्द्रिय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा बसेको बैठकले बारामा कार्यसमिति विस्तार गरिएको छ । यादवको संयोजकत्वमा गठीत बारा जिल्लाको सहसंयोजकको जिम्मेवारी अभय यादव र सदस्य सचिवमा शुशिल शाह चयन हुँदा सदस्यहरुमा रामनिवास प्रसाद यादव, दिपेश ठाकुर,संजय यादव, निकेश यादव, दिपावली कुमारी, आशुतोष यादव, अनिश साह लगायत रहेका छन । नव कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै फाण्डेशनका केन्द्रिय अध्यक्ष कुमार भास्करले आफ्नो व्यक्तिगत जीवनसँगै फाउण्डेशनका माध्यमबाट सामाजिक कार्यमा पनि योगदान दिन आग्रह गरे । साथै सक्रिय युवाहरुको समूहले आफ्नो सीप र क्षमता प्रदर्शन गरी समाज रुपान्तरणमा टेवा पुर्याउने विश्वास पनि उनले व्यक्त गरेका छन । बारा जिल्लाको संयोजको जिम्मेवारी पाएका यादव...
गौर ४ का बालबालिकाहरु बाल विवाह विरुद्ध  आफ्नै समाजमा जनचेतना फैलाउदै

गौर ४ का बालबालिकाहरु बाल विवाह विरुद्ध आफ्नै समाजमा जनचेतना फैलाउदै

राजनीति, शिक्षा, समाचार, समाज
२५ असार रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । अहिलेको प्राविधिक युगमा हरेक कुरामा परिवर्तन भैसकेको छ । तपाइ हामीले सोच्न नसक्ने काम पनि अहिलेको प्रविधिले सम्भव गरिसकेको छ । तर विडम्बना अहिले पनि हाम्रा समाजिक कुरिति र त्यस्ता मांनसिकतामा बाचिरहेका व्यक्तित्वको सोचलाई यो प्रविधिले पनि खासै असर पार्न सकेको छैन । हाम्रो समाजिक कुरितिहरु मध्ये एक हो बाल .विवाह । बाल विवाह गर्ने अनेकौ कारण वा वहाना हुन सक्छ । तर आफ्नै छोराछोरीलाई बालविवाह गरि तिनीहरुको भविष्यलाई नै बर्बाद गरिदनिु कतिको उचित हो यो विषयमा चाहि सबैको ध्यान जान जरुरी रहेको छ । आज रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नं ४ टिकुलियाका बालबालिकाहरु बालविवाह विरुद्ध जनचेतना आफ्नै समाज गरेको छन । त्यही वडाका सामाजिक अभियन्ता अरुण पटेलको सक्रियतामा समाजलाई बाल विवाह बारे परीवर्तनका सोचले गौर नगरपालिका वडा नं. ४ का भाइबहिनीहरू लगायत साना बाल...