१५ बैशाख २०८१, शनिबार

दाइजोमा सुनको सिकडि नपाउँदा बिहे नै रद्द

वीरगन्ज । वीरगन्जमा दाइजोमा सिकडि नपाउँदा बिहे नै रद्द भएको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका – ४ सिनेमा चौक बस्ने उमेश साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल बापत ३ लाख २५ हजार , एक थान ल्यापटप र एक एक थान सुनको अंगुठी र हनुमानको माला लिए पनि राति मण्डपबाट सिकडी नपाउँदा बिहे नै रद्द गरेका छन् । साह वीरगन्ज महानगरपालिको स्वास्थ्य महाशाखामा करारमा कार्यरत छन् ।

विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलासहित आएको जन्ती देखि खुसी बनेका थिए । बर्माला , हाम्रो मधेश समुदाय तिर हुने ९पर्छावन ० भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै बिहे नगर्ने आलटाल गरेमा सबै जना दुःखी बने । बेहुलाले दाइजोमा सिकडी नपाए विवाह नै भाँडे । बेहुला बिहे नगर्नुको कारण थियो, केटा पक्षले मागेको दाइजो जति दिन नसक्नु ।

पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिकडी नपाउँदा बिहे नै गरेनन् ।

ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको सुखलले विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल देखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिकडी नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखल बताए ।

‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि सिकडी पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ सुखलले भने । जति मनाएपनी नमान्दा बेहुलापक्षले कुटपिटमा समेत उत्रे पछि प्रहरी आइपुग्यो र बेहुला सहित ३(४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लाग्यो ।

विवाह नभएपछि रमिता आँसु रोकिएको छैन । स्थानीय केही व्यक्तिले सिकडी दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता । उनले एउटा सिकडीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

मधेश प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी नै छ । सामाजिक प्रतिष्ठामाथि नै खुलेयाम खेलबाड भइरहे पनि सरकार रमिते बनेका छन् । दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ ।

सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिइएको पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको एक कानुन व्यवसायी बताए । उनले भने, ‘दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ । तर, दाइजो त सदियौंदेखि समाजमा जरा गाडेर बसेको छ ।’

समाजसेवीहरुका अनुसार दाइजो प्रथाका नकारात्मक पाटाहरू धेरै छन्, यसको प्रभाव बेहुली पक्षमा पर्छ, जुन मगनीदेखि नै सुरु हुन्छ । उनले अधिकांश विवाहमा ९विशेषतः तराई–मधेसमा० बेहुली पक्षले बेहुलापक्षलाई के के दिनुपर्छ भनेर छिनोफानो गरिने जानकारी दिइन् । सर्त पूरा भए मात्र विवाह निश्चित हुन्छ ।

दाइजोका कारण तराईमा गर्भपतनको घटना पनि बढ्दै गएको गएको छ । दाइजोलाई मनोवैज्ञानिक आतंक भएको तर्क गर्छन् । ‘दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ,’ भने उनीहरूले बताए । ज्योति दैनिकबाट साभार

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *