५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्विप’

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले ‘ह्विप’ जारी गर्नुभएको हो । कांग्रेसले जारी गरेको ‘ह्विप’ मा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । यससँगै प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

अहिले सत्ता गठबन्धनमा नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी० छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन्

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *