१५ बैशाख २०८१, शनिबार

जग्गाको बिषयमा झै झगडा हुँदा रौतहटमा एक जनाको मृत्यु

फागुन ११ , रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा दुई पक्ष बीच जग्गाको बिषयमा झै झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्गा भगवती वडा नम्वर २ भलोहिया हाल पिपरा सिमानमा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार दिउसो २।१० बजेको समयमा जग्गाको बिषयलाई लिएर झै झगडा हुँदा चन्देश्वरले जयप्रकाशलाई धकेल्दा लडेका थिए ।
भुइमा लडी बेहोस भएका जयप्रकाशलाई स्थानीय अस्पतालमा चेकजाँच गर्दा उपचार हुन नसकेर प्रादेशिक अस्पताल गौरमा ल्याइएको थियो । प्रादेशिक अस्पताल गौरका चिकित्सकले चेकजाँच गर्दा निजको मृत्यु भईसकेको प्रादेशिक अस्पतालबाट ३।३० बजे खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका छन् ।
झै झगडाको कारण र संलग्न दोषि मानिसहरु विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
स.स. तराइ टप

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *