२० बैशाख २०८१, बिहीबार

ठेकेदारको लापरवाहीले गर्दा गौर मा संघ तथा प्रदेश सरकारको क्यौ योजना लथालिङ अवस्थामा

१२ फागुन । रौतहट । संघ तथा प्रदेश सरकारले अघि बढाउन चाहेका विकास आयोजनाका कार्यक्रम परिणाममुखी हुन सकिरहेका छैनन् । यसको पछाडि मुख्य कारण भनेको सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति नै हो । यो बेथितिमा झन्झटिलो कार्यविधि, कानुनको अभाव, सम्बन्धित क्षेत्रको अनुगमनमा कमी र कामलाई द्रुत गति प्रदान गर्न सम्बन्धित निकायबीचको आवश्यक सहकार्य आदि सरकार पक्षीय कमीकमजोरीका रूपमा रहेका छन् । त्यसैगरी, ठेकेदार कम्पनीको लापर्बाही, काममा ठगी, कमसल सामग्रीको प्रयोग, कार्यमा गुणस्तरहीनता र अटेरिपना आदिले पनि बेथितिलाई बढाएका छन् । रौतहटको गौर नगरपालिकामा संघ तथा प्रदेशमा संचालित क्यौ बिकास निर्माणका कार्यहरू लथालिङ्ग भएका कारण स्थानीयहरुलाई सास्ती खेप्नु परेको छ । गौर नगरपालिका वडा न। ३ गौर राइस खेल मैदानको लगभग २०० मिटर पश्चिम रहेको जुद्ध माध्यमिक बिधालय जाने पिच बाटोलाई नाला बनाउनका लागि ल्याएको योजनाले बाटोलाई नै जिर्ण बनाइ छोडेको छ । पहिला चार पाङ्ग्रे गाडी समेत गुड्न सकिने बाटोलाई बिगार्न लगाई अहिले मानिस हिड्न समेत नसक्ने बनाएको छ । संघ सरकारको आयोजना रहेको उक्त सडकको नाला निर्माणका लागि सडक डिभिजन कार्यलय चन्द्रपुरले पाएको टेन्डरले सो सडकलाई बिचबाट नाला निकासा गरि सडक निर्माण गर्ने सम्झौता भए तापनि बाटोलाई नै पूर्ण रुपमा बर्बाद गरि नाला निर्माणको कार्य पनि पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । बिधालय जाने सयौ बिद्यार्थीहरुले प्रयोग गर्ने बाटोलाई लथालिङ्ग बनाइ बिद्यार्थी देखि स्थानीयलाई दुर्दशा बनाए पनि संबंधित निकाय भने कानमा तेल हालेर सुतेको छ । बाटो बिग्रेको कारण त्यहाका बासिन्दालाई आवतजावतमा मात्रै नभई चाडपर्व , बिहे , घर निर्माण लगायतका कार्यमा पनि समस्या उत्पन्न भएको देखिन्छ । जेठ महिना सुरु गरेको नाला निर्माण कार्यलाई असार महिनामा जम्मा एक महिनामा नै अव्यवस्थित तरिका सम्पन्न गरि बेपत्ता भएको स्थानीय जोधा साहले बताएका छन । स्थानीय जोधा साहको अनुसार सुरुमा सडक र नाला दुबै निर्माण हुने तर पछि सडकलाई बिगार्न लगाई अधिरो नाला मात्रै निर्माण गरेको छ । पहिला ट्रक समेत जान सकिने बाटोलाई तहसनहस गरि अहिले मान्छे समेत हिडन नसक्ने बनाएको एक जना स्थानीय महिलाले दुखेसो पोखेका छन । अव्यवस्थित नाला निर्माणले गर्दा आवतजावत लगायत पानी निकासाको समस्या रहेको कारण सास्ती खेप्नु परेको स्थानीयहरुको भनाइ रहेको छ । आर्थिक वर्षको अन्त्यमा नाला निर्माण कार्यको थालनी गर्दा हामी अहिले असार मसान्तमा किन नाला निर्माण गर्नु पर्यो सोध्दा संबंधित व्यक्तिले यो केन्द्रको बजेट अहिले गर्न नसके बजेट फ्रीज हुन सक्ने जवाफ आएको अर्को एक जना स्थानीय धर्मेन्द्र सिंहले बताएका छन । निर्माणको योजना बारेमा सोध्दा , पुरै सडकलाई खन्न लगाई बिचबाट नाला निकासा गर्ने र बाटोलाई पिच गर्ने भने पनि बनाइ बमोजिमको कुनै पनि काम नभएको सिंह ले बताएका छ्न । गुणस्तरहीन कामलाई हेरेर मैले बिरोध गर्दा ठेकेदारले ३(४ जना आफ्नो मान्छेलाई पठाइ मलाई धम्की समेत लगाएको र हामी नहुदा वा रातीरराती मात्रै निर्माण कार्य गर्ने गरेको धर्मेन्द्र सिंहको भनाई रहेको छ । राम्रो बाटोलाई खनेर लथालिङ्ग गरेको स्थानीयलाई दिएको भन्दै मैले सडक डिभिजन कार्यलय चन्द्रपुरका प्रमुखलाई यो समस्या बारे जानकारी गराउदा थप काम चाडै गर्न लगाउने आश्वासन दिएको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले जानकारी दिएका छन । साथै अब देखि गौर नगरपालिका भित्र कुनै किसिमका बिकास निर्माणको कार्य हुँदा नगरपालिकालाई जानकारी गराई समन्वय गर्न नगरप्रमुख साहले सडक डिभिजन कार्यालयका प्रमुखलाई भनेका छन । त्यस्तै गौर नगरपालिका वडा न। ६ सबगढामा घर भन्दा २(३ फिट उचाइमा नाला निर्माण गर्दा स्थानीय मर्कामा परेका छन । घर र सडक भन्दा अग्लो उचाइमा सडक निर्माण हुँदा पानीको निकासा हुन नसक्ने भन्दै त्यहाँ स्थानीयहरु बिरोध गर्दै आएका छन । नाला निर्माण हुँदा हामीले यो नाला निर्माण गलत तरिकाले भैरहेको र यहि तरिका घरको पानीको निकासा हुन नसक्ने भने हाम्रो कुरालाई वास्ता नै नगरी ठेकेदारले आफ्नो बल जबर्जस्ति नाला निर्माण गरेको स्थानीयहरुको भनाइ रहेको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशबाट आएको १० लाख लागतमा निर्माण हुने नालालाई बेथिति बनाएको छ । निर्माण भएको नाला अहिलेको लागि उपयोगी हुन नसकिने वडा अध्यक्ष अबध बिहारी साह बताउछन् । तर नालालाई कम उचाइमा बनाउदा नालाको पानी मुल नाला जान नसक्ने समय रहेको वडा अध्यक्ष साहले बताएका छ्न । यो समस्याको बारेमा स्थानीयले गुनासो गर्दा मैले आफै गएर हेर्दा नाला निर्माण अधुरो रहेको र स्लैप हरु जथाभावी फालेको देखे जुन उपभोक्ता कार्यालय र संबंधित कार्यालयको लापरबाही रहेको गौरका मेयर शम्भु साह बताउँछन् । नालाको बिषयलाई लिएर बिबाद उत्पन्न हुदा संबंधित निकाय पत्राचार गर्दा पनि कुनै किसिमको चासो नलिएको नगरप्रमुख साहको भनाइ रहेको छ । संघ तथा प्रदेशबाट आएको योजना गुणस्तरहीन र अव्यवस्थित हुदा स्थानीयले हामीलाई गाली गर्ने गरेको हुन्छ । संघ र प्रदेश गल्तीले गर्दा नगरपालिका गाली सुन्नु परेकोले यसमा संघ र प्रदेश बिचार गरि कुनै पनि बिकास निर्माणको योजना सुरु गर्नु अघि नगरपालिका सङ समन्वय गर्दा राम्रो हुने मेयर साहले बताएका छन । यति मात्रै नभएर गौर नगरपालिका वडा न। ४ मा प्रदेश सरकारबाट छठ घाट निर्माणका लागि आएको ५ लाखको बजेटमा मात्रै भर्‍याङ निर्माण गरि बेबारिसे अवस्था छोडिएको देख्न सकिन्छ । संबंधित व्यक्तिले ५ लाख रकम जतिको काम भएको र सक्दो चाडैं प्रदेश बाट अझै बजेट ल्याइ निर्माण कार्य सप्पन्न गराउने बताएका छ्न । यो विषयमा नगरप्रमुख सङ सोध्दा त्यहा अवस्थित कम्पाउड वाल भत्काएर , कम्पाउण्ड वाल भित्र पोखरी बनाउनका लागि माटो खन्दै गर्दा हामी जानकारी प्राप्त हिने बितिकै नगरप्रहरी संचालन गरि रोक्न लगाउदा त्यही बजेटले छेउछाउमा भर्र्याङ् बनाएको नगरप्रमुख साहले जानकारी गराएका छन । यसरी बिकास निर्माणका कार्य बेथिति हुनु दुखद हो भन्दै अगामी दिनमा कुनै स्थानीय तह भित्र कुनै किसिमको योजना ल्याउदा संबंधित स्थानीय तह सङ समन्वय गरि योजना सुचारु गर्न नगरप्रमुख शम्भु साहले संघ तथा प्रदेश सरकार सङ अनुरोध गरेका छन ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *