२१ बैशाख २०८१, शुक्रबार

मधेशीलाई इण्डियन भन्दै धम्काउने नक्कली डिएसपी पक्राउ

जनकपुरधाम, फागुन ७ गते ।

काठमाडौंको लाजिम्पाटमा मधेशी युवालाई दुर्व्यवहार गर्ने नक्कली डिएसपी पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।

उनले गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेशी युवालाई आफू प्रहरीको डीएसपी भएको भन्दै धाकधम्कीसहित गालीगलोज गरेका थिए ।
वीरगञ्जका अंकित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डीएसपी हुँ’ भन्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।

श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *