२० बैशाख २०८१, बिहीबार

गौरका मेयर साहलाई हत्या गर्न भारतीय सुटरलाई सुपारी

०१ फागुन । प्रदेश अनलाईन न्युज । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई ज्यान मार्न कुख्यात सुटरलाई सुपारी दिइएको समाचार बाहिर आएको छ । बाराको बालएकता बिधालयका संचालक रुपेश सर्राफ हत्या प्रकरणमा पक्राउ परेका भारतीय सुटर सुजित सिंह संगको अनुसन्धानको क्रममा गौर नगरपालिकाका मेयर साहलाई हत्या गर्न सुपारी पाएको खुलासा भएको छ । बाराको बाल एकता बिधालयका संचालक रुपेशको हत्यामा मनोज गुप्ता, सुजित सिंह , अरुण यादव लगायतका अपराधहरु पहिला नै पक्राउ परे पनि सो हत्याको मुख्य अपराधी चन्चल पाण्डे रहेको र पाण्डेले नै हत्या गराउन सुपारीको आधी रकम लिएको खुलाशा भएको छ । भारतको तामिलनाडुमा लुकेर पसेका मुख्य सुटर चन्चल पाण्डेलाई तामिलनाडु प्रहरी र नेपाली प्रहरीको सन्युक्त अप्रेसन ले दुई दिन पहिला पक्राउ गरिसकेको र हिजो राती अर्थात माघ २९ गते सोमबार अबेर राती सम्म भारतको मोतिहारी ल्याईसकेको श्रोतको दाबी रहेको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको हत्याका लागि चन्चल पाण्डे सङ नै ३६ लाखमा डिल भएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेका अपराधी चन्चल पाण्डे सङको पुछताछमा मेयर साहलाई हत्या गर्न सुपारी दिने मुख्य नाइकेको खुलासा हुने सम्भावना भने बढेको छ । मेयर साहलाई हत्या गर्न योजना सहित सुपारी दिएको कुराले गौर नगरबासी अचम्मित भएका छ । यति छोटो समयमा राजनीतिमा पकड बनाई मेयर पदमा निर्वाचित भएका मेयर साहको बिकासको गतिले नगरबासी प्रशन्सा गरिरहेको बेला यस्तो समाचार सुन्न पाए पछि नगरबासीलाई पैतालाको भुई झरे जस्तै भएको छ ।।
यता भने
गौर नगरपालिकाका मेयर शम्भु साह , मेरो बारेमा समाजिक संजालमा आएको समाचारले म एक रति पनि हतोत्साहित र भयभीत न रहेको सम्पूर्ण आदरणीय नगरवासीहरुमा विनती छ।
आफ्नो छोटो अवधिमा हामीबाट गरिएको कामकाजले नाकारात्मक तत्व सल्बलाउनु स्वाभाविक हो तर हत्या नै गराउन सुपारी दिनेछ भनि अकल्पनीय बिषय थियो, तर जे भएपनि म आफ्नो कर्तव्य पथमा अडिग रहनेछु शायद यहि मनोवलले नै होला यसबारे सुरक्षा निकायबाट धेरै दिन पूर्व नै सुचना आएपनि मैले आफ्नो गतिविधिलाई यथावत नै राखेको छु।
मलाई नेपाली सुरक्षाकर्मी र आफ्नो देशको ईन्टेलिजेंज माथि पूर्ण विश्वास छ, पक्कै एक न एक दिन यसका नाईकेहरु प्रहरी कस्टडीमा जानेछ।
अन्तमा यस्तो परिस्थितिमा म प्रति सहानुभूति राख्नु हुने सम्पूर्ण आदरणीय नगरवासीहरुलाई कृतज्ञता प्रकट गर्दछु।
मलाई माया गर्ने हजारौ मनले मलाई सकुशल र कर्तव्यनिष्ठ राख्नेछ भनि विश्वास छ। आफ्नो समाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
6
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *