२३ बैशाख २०८१, आईतवार

सरस्वती पुजाको तयारीमा विद्यार्थीहरु व्यस्त

२७ माघ , शनिवार । रौतहट । आउने बुधबार फागुन २ हुने सरस्वती पुजाको तयारीमा बिद्यार्थीहरु जुटेका छन । रौतहटको सदरमुकाम गौर लगायत जिल्लाका विभिन्न ठाउँमा मूर्तिकारहरु सरस्वती माताको मूर्ती बनाउन व्यस्त छन । अर्डर अनुसारका मुर्ती बनाउन व्यस्त रहेका एक मूर्तिकारले पहिला भन्दा कम मूर्तिको अर्डर आउन थालेको बताउछन । विभिन्न क्याम्पस , बिधालय , ट्युशन , कोचिङ लगायत टोलटोलमा हुने सरस्वती पुजाको लागि गौरमा बनाइरहेको मूर्तिको अर्डर छिमेकी पालिकाबाट पनि आएको गौरको कबिर चौकमा मूर्ति निमार्ण गरिरहेका एक मूर्तिकारले जानकारी दिएका छन एउटा मूर्ती बनाउन बास, पराल, माटो , डोरी लगायत विभिन्न रङको प्रयोग गर्ने गरिन्छ । एउटा सानो मूर्ती बनाउन २ दिन बढी दिन र ठूलो आकारको मूर्ती बनाउन ४(५ दिन लाग्ने गरेको मूर्तिकार रामएकवाल पन्डितले बताएका छन । २ देखि ३ हजार सम्म सानो मूर्ती र २० हजार सम्म पर्ने ठूलो मूर्तिमा २५(३० प्रतिशत नाफा हुने गरेको पन्डितको भनाइ रहेको छ । पहिला ५५(६० ओटा मूर्तिका लागि अर्डर आउने गरेको तर यसपालि जम्मा ४१ ओटा मूर्तिका लागि अर्डर आएको मूर्तिकारको भनाई रहेको छ । सरस्वती पुजाको लागि अब थोरै दिन बाकी रहेकोले मूर्ती रङरोग्न कार्य भैरहेको र यसपछि सजाउने काम हुने मूर्तिकार बताएका छन । यता भने रौतहटको केही बिधालयको प्राङ्गणमा नै सरस्वती माताको मन्दिर बनाई मूर्ती स्थापित गरिएको छ । सो बिधालयहरुमा मूर्ती किन्ने आवश्यक परेको हुदैन । गौर नगरपालिका वडा न। ५ मा स्थित श्री आधारभूत बिधालय बालमन्दिरका प्रधानाध्यापक गणेश प्रसाद यादवले सरस्वती पुजा बिद्यार्थीहरुको महापर्व भएको र सोही दिन अक्षराम्भ कार्यक्रम अन्तर्गत सो दिन देखि सानो नानीबाबुहरुको बिधालयमा भर्ना गराइ पढाई सुरु गराउने गरेको बताएका छन । मूर्ती बिर्सजनमा केही गैर बिद्यार्थीहरुले गर्दा बिकृती फैलिन लागेको प्रधानाध्यापक यादवको भनाइ रहेको छ । यादवले गैरबिद्यार्थी लगायत केही बिद्यार्थीहरु मूर्ती बिसर्जन कार्यक्रम जाडरक्सी खाएर डिजेमा अश्लिल गीत बजाई नाचगान गरेको प्रती आपती जनाउदै यसमा सम्पूर्ण बिधालयले निगरानी गरि सभ्य तरिका मोर्ती बिसर्जन गर्न लगाउदा राम्रो हुने बताएका छन । त्यस्तै गौर नगरपालिका वडा न। ३ मा अवस्थित गैलेक्सी पब्लिक स्कुलका प्रधानाध्यापक सदाम हुसैन बिद्यार्थी तथा शिक्षकहरुको सहभागीतामा सरसवती पुजाको तयारी भैरहेको बताएका छन । निजी बिधालयहरु आफ्नो निगरानीमा सरस्वती पुजा गराउदा कुनै किसिमको घटना दुर्घटना नहुने र सभ्य तरिकाले हुने गरेको प्रधानाध्यापक हुसैनको भनाइ रहेको छ । निजि बिधालय लगायत कुनै पनि शिक्षण संस्थामा शिक्षकहरुको निगरानीमा पुजा हुँदा कुनै किसिमको असभ्य कार्य नभएको तर जुन बिद्यार्थी शिक्षण संस्था बाहेकको ठाउमा सरस्वती पुजा गर्दा त्यहा अभिभावक वा शिक्षकको निगरानी नहुदा मूर्ती बिसर्जन लगायतका कार्यमा असभ्य गतिविधि हुने गरेको बताएका छन । पुजामा डिजे साउन्ड प्रयोग गर्दा कुनै किसिमको अश्लील गीत बजाउदा समाज लगायत बिद्यार्थी भाइबहिनीको मान्सिकतामा नराम्रो असर पर्ने भएका भक्ति गितसङीत बजाउदा हाम्रो वातावरण भक्तिमय हुने र हाम्रो समाजमा पनि कुनै किसिमका नकारात्मक असर नपर्ने गैलेक्सी पब्लिक स्कुलको प्रधानाध्यापक सदाम हुसैनको भनाइ रहेको छ ।।मूर्ती बिसर्जनका दिन शिक्षकहरुको अनिवार्य उपस्तिथि हुनुको साथै प्रहरी प्रशासनले आफ्नो जिम्मेवारी बुझी भूमिका निर्वाह गर्दा कुनै किसिमको घटना दुर्घटना हुन नसक्ने प्रधानाध्यापक हुसैनले बताएका छन ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *