२२ बैशाख २०८१, शनिबार

हेलमेट भित्र लुकाई छिपाई लागुऔषध सहित दुई जना पक्राउ

बिनोद निगम / नवलपरासी /२३ माघ 

पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं-१ महेशपुर बाट यही माघ १९ गतेको दिन शुक्रबार साँझ करिब ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको थियो।

दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ३५ प ५६१३ को मो.सा. लाई शंका लागी चेकजाँच गर्दा तत्काल नामथर वतन खुल्न आएका मोटरसाईकल चालक जिल्लाको सुनवल नगरपालिका वडा नं.०७ अस्नैया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २८ को सरोज चौधरी र सोही मोटरसाईकल पछाडी सवार जिल्ला बाग्लुङ साविक हटिया गा.वि.स.वडा नं.०३ हाल गल्कोट न.पा.वडा नं.३ हटिया घर भई हाल जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं.११ देविनगर बस्ने वर्ष अन्दाजी २२ की पवित्रा परियार चौधरीको शरीर खानतलासी गर्दा निजहरु मध्ये मोटरसाईकल चालक सरोज चौधरीले लगाएको हेलमेट भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नियन्त्रणमा लिएको डिएसपी रेशम बाेहराले जानकारी दिनुभयो ।

उनी हरुको साथबाट खैरो हिरोइन जस्तो देखिने ६ पुरिया प्लाष्टिक सहित तौल गर्दा ६ ग्राम ६२० मिलिग्राम फेला पारी उक्त लागु औषध,मोटरसाईकल र मानिसहरुलाई नियन्त्रणमा लिई आज सोमवार लागु औषध मुद्दामा सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *