१५ चैत्र २०८०, बिहीबार

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

१. सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला, हत्यामा संलग्न मृतकका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादव प्रहरीको नियन्त्रणमा

२. वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार प्रहरीको नियन्त्रणमा , कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद, पक्राउ पर्नेमा विरगंज १० निवासी ३१ वर्षीय अनिल कुमार रहेको प्रहरीको भनाइ

३. वन तथा वातावरण मन्त्री प्रदीप यादवद्वारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन, माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गनर्् मन्त्री यादवको प्रतिबद्धता

४. नयाँ विधेयकमा नेपाल नागरिकता ऐन २०६३ कै केही प्रावधानमा संशोधन पारीत , जन्मको आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने विधेयकमा उल्लेख

५. जनता प्रगतिशील पार्टीद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन र तालमेलका लागि छलफल गर्न वार्ता समिति गठन, अध्यक्ष हृदयेश त्रिपाठीका अनुसार समितिले आगामी निर्वाचनमा चुनावी गठबन्धन र तालमेलका विषयमा अरु राजनीतिक दलसँग वार्ता गरिने

६. काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता , साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएको प्रहरीको भनाइ

७. पछिल्लो २४ घण्टामा नेपालमा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि .. हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१

८. आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दावी, स्थानीय तह निर्वाचनमा गठबन्धनबाट धेरै सहयोग नपाएको अध्यक्ष नेपालको भनाइ

९. प्रदेशको नामाकरणमा , प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई अभिव्यक्ति खेदजनक रहेका नेकपा एमालेको भनाइ, एमाले मोरङद्वारा अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव

१०. ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन, आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेको ट्राफिक प्रहरी कार्यालय

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *