१६ चैत्र २०८०, शुक्रबार

पर्सा जिल्लाका उत्कृष्ट क्रिकेट खेलाडी छान्न ‘वीरगञ्ज सुपर लिग’ को आयोजना गरिँदै

३ जेठ , वीरगञ्ज । पर्सा जिल्लामा रहेका पुरुष क्रिकेट खेलाडीहरुको कौशल, शक्ति र क्षमता पत्ता लगाउन ‘वीरगञ्ज सुपर लिग’ क्रिकेट प्रतियोगिताको आयोजना गरिँदै छ ।

वीरगञ्ज यूथ्स स्पोर्ट्स एकेडमीको आयोजनामा आगामी जेठ ९ गतेदेखि सुरु हुनलागेको सुपर लिगमा ६ वटा टिम विच भिडन्त हुन्छ । पर्सा जिल्लाका विभिन्न स्थानीय तहबाट खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिएका ७८ जनालाई लिएर निर्माण गरिएको ६ वटा टिम बीच भिडन्त हुने आयोजक संस्थाका कोषाध्यक्ष हासिम अन्सारीले जानकारी दिए ।

पारदर्शिताका लागि गोला प्रथा मार्फत टिममा खेलाडी बाँडिएको अन्सारीले सुनाए । ‘खुल्ला प्रतिष्पर्धा मार्फत खेलाडी छनौट गर्न हामीले एउटा फारम आह्वान गरेका थियौँ,’ उनले भने, ‘त्यहाँ आवेदन दिएकाहरुलाई लिएर हामीले टिम तयार गरेका छौँ । ६ वटै टिमका लागि पहिला कप्तान छानेर गोला प्रथा मार्फत खेलाडी बाड्ने काम गर्‍यौं । पारदर्शी हिसाबले सबै प्रक्रियालाई अगाडि बढाएका छौँ ।’ प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई जिल्ला क्रिकेट टिमका लागि हुने छनौट प्रक्रियामा सहभागी गराइने अन्सारीले बताए । ‘खेलाडीहरुले क्षमता, कौशल र उनीहरुमा अन्य खेलाडी भन्दा रहेको भिन्नता र गुण पत्ता लगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै छौँ,’ अन्सारीले भने, ‘हाम्रो उद्देश्य जिल्लाका उत्कृष्ट खेलाडीलाई छनौट गरि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको लागि तयार पार्नु हो ।’ उत्कृष्ट खेलाडीहरु जिल्ला टिम हुँदै प्रदेश र राष्ट्रिय टिमको सदस्यसमेत बन्न सक्ने अन्सारीले दावी गरे ।

वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा जेठ ९ गतेदेखि सुरु हुने खेल १५ गतेसम्म चल्छ । जहाँ पर्सा यूनाइटेड, पर्सा स्टार्स, पर्सा वारियर्स, पर्सा स्ट्राइकर्स, पर्सा पेट्रीयट्स र पर्सा राइर्ड्स गरेर ६ वटै टिमले एक अर्कासँग भीडन मौका पाउँछन् । विजेता टिमका लागि कुनै नगद पुरस्कार नराखीपनि ट्रोफी र प्रमाणपत्रको व्यवस्था गरिएको अन्सारीले जानकारी दिए ।

त्यस्तै प्लेयर अफ द् टुर्नामेन्टलाई ८ हजार रुपैयाँ, बेस्ट ब्याटरलाई ५ हजार र बलरलाई ५ हजार रुपैयाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताए । उत्कृष्ट प्रदर्शनी गर्नलाई छुट्टै ट्रोफी र प्रमाण पत्रको पनि प्रदान गरिन्छ । त्यसैगरी दुईजना इमार्जिंङ पेल्यर र भ्यालूएबल पेल्यरलाई ट्रफी र गिफ्ट प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको संयोजक सतिश सिंह राजपुतले गर्ने छन् ।
साभार ः यात्रा डेली

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *