
यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल
९ वैशाख, काठमाडौं । नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेर्म्सका लागि खेल संख्या निर्धारण गरेको हो । शुक्रबारै राखेपले पत्रकार सम्मेलन गर्दै २३ खेलको नाम सार्वजनिक गरेको हो ।
एसियाली खेलकुदमा समावेश गरिने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।
यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ । सेन्ट्रल जोन जितेको आधारमा महिला भलिबलला२ समावेश गर्न लागिएको राखेपले जनाएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी-२० विश्वकप खेले...