१८ जेष्ठ २०८०, बिहीबार

पहिलो एक दिवसीय खेलमा नेपाल युएईसँग पराजित

103

काठमाडौँ, कार्तिक २८ गते ।

युएईसँग जारी तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। सोमबार टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल ८५ रनले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपाल पुरै ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटिएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाउँदा डेब्युमै अर्धशतक प्रहार गर्दै अर्जुन साउदले ५१ रन बनाए। त्यस्तै गुल्सन झाले १९ रनको अविजित इनिङ खेल्दा उनी बाहेक थप दोहोरो रनको स्कोरका रुपमा आसिफ शेखले १२ रन बनाए।

नेपालका लागि ज्ञानेन्द्र मल्ल शून्यमा रनमा पेभिलियन फर्किदा कप्तान रोहित पौडेलले १ रन बनाए । त्यस्तै हरिशंकर साहले ८ रन बनाउँदा कुशल भुर्तेलले ६ रन तथा सोमपाल कामीले ३ रन बनाए। त्यस्तै ललित राजवशी ६ रनमा अविजित रहे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0