१५ बैशाख २०८१, शनिबार

गौरमा आज देखि मेयर कप सुरु, राइस खेल मैदानलाई अधिग्रहण गर्ने प्रक्रिया सुरु भइसकेको मेयर साहको भनाइ

१३ माघ, गौर, प्रदेशअनलाइन न्यूज
रौतहट जिल्लाको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहको विशेष पहलमा आज देखि गौर नगरपालिका अन्तर्गतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । गौर नगरपालिकाको पूर्ण आर्थिक सहयोग एवम् रौतहट जिल्ला किक्रेट संघको आयोजनामा सुरु भएको मेयर कप क्रिकेट प्रतियोगिताको समुद्धघाटन नगरप्रमुख साहले गरेका छन । गौर नगरपालिका भित्रका ९ वटै वडाको टोली बीच प्रतिष्पर्धा हुने भएको छ । । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले जानकारी दिएका छन । युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ मेयर कपको आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले जानकारी दिएका छन । प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी गौर नगरपालिकाका नगर शम्भु साहले जिल्ला भित्र सबै पालिकालाई समेटेर आयोजना पालिका कपका लागि मेयर कपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरि गौर नगरपालिकाको मजबुत टिम बनाउने उद्देश्यका साय मेयर कपको आयोजना गरिएको बताएका छन । साथै नगरप्रमुख साहले मेयर कपलाई निरन्तरता दिइने बताएका छन । मेयर कप २०८० को समुद्धघाटन कार्यक्रममा मन्तव्य राख्ने क्रममा नगरप्रमुख साहले यो खेल मैदानलाई व्यवस्थित गरि यो प्रतिगोथिताको सुरुवात गरेको बताए । यो भन्दा पहिला जीपीएल हुँदा गौर नगरपालिका संग कुनै समन्वय नै गरि प्रतियोगिताको आयोजना गरेको गुनासो व्यक्त गरेको छन । नगरपालिकासंग समन्वय गरेको भए त्यो प्रतिगोगितामा नै खेल मैदानलाई व्यवस्थित गर्न लगाउथ्ये समेत बताएका छन । नगरप्रमुख साहले यो आर्थिक वर्ष अन्तिम सम्म गौर राइस मिललार्इृ अधिग्रहण गर्र्ने ७५ प्रतिशत सम्भावना रहेको नभए आउने आर्थिक वर्षमा गौर राईस मिल मैदानलाई अधिग्रहण गरेर देखाउने दाबी गर्नुभयो । गौर राईस मिल मैदानलाई अधिग्रहण गर्न प्रक्रिया अगाडि बढाईएको जानकारी दिएका छन् ।अधिग्रहण हुना साथ यस मैदानलाई स्टेडियममा परिणत गर्ने बताउनुभयो । यस जिल्लाका खेलाडिहरुको स्तर वृद्धिका लागी गौर नगरपालिका हर संभव तयार रहेको नगर प्रमुख साहले बताएका छन । नगरप्रमुख शम्भु साहले प्रत्येक टिमलाई क्रिकेट किट प्रदान गर्नुभएको छ ।

पहिलो खेलमा वडा नम्बर १ विजयी

रौतहटको गौरमा आयोजित मेयर कप २०८० को पहिलो दिनको टि ट्वान्टी क्रिकेट खेलमा रोमाञ्चक प्रतिष्पर्धाका वडा नम्बर एकको टिमले ६६ रनले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ७ विकेट गुमाउदै वडा नम्बर १ ले १७२ रन जोडेको थियो । वडा नम्बर १ का खेलाडी रबि साहले सर्वाधिक ८४ रन जोडेका थिए भने बलिङतर्फ वडा नम्बर ५ का अनिल पटेल र कुन्दन यादवले समान दुई दुई विकेट लिएका थिए । खेलको दोस्रो इनिङमा वडा नम्बर ५ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो । वडा नम्बर ५ का शुभम गुप्ताले सर्वाधिक २७ रन बनाएका थिए भने वडा नम्बर १ का रबि साह र रेहान जाकिरले समान दुई दुई विकेट लिएका थिए । प्रतियोगितामा वडा नम्बर १ का रबि साह मैन अफ द मैच बनेका छन्

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *