७ बैशाख २०८१, शुक्रबार

बलिदानी दिवसको अबसरमा वैडमिन्टन प्रतियोगिता शुरु

बलिदानी दिवसको अबसरमा वैडमिन्टन प्रतियोगिता शुरु
माघ ३ गते
राैतहट।प्रेमचन्द्र झा ।  मधेस आन्दोलनका सहिदको सम्झनामा हरेक बर्ष माध ५ गते मनाईने वलिदानी दिवसको अवसरमा गाैरमा वैडमिनटन खेल शुरु भएकोछ । समाजवादी विधार्थी युनियन राैतहटको आयोजना तथा दियालो युवा कल्व गाैरको सहयोगमा राईस मिल हलमा शुरु भएको सो बैडमिन्टन खेल प्रतियोगितामा नेपाली सेना ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाल पत्रकार महासंघ , प्रहरी स्कुल सहित ११ वटा टिम सहभागी भएका छन। सो प्रतियोगिताको उदघाटन नेपाल पत्रकार महासंधका अध्यक्ष प्रेमचन्द्र झाले एक कार्यक्रम बिच गर्नु भयाे । सो खेलमा प्रथम ,द्वितिय र तृतीय हुने टिमलाई क्रमश ११हजार ७ हजार र पाँच हजार पुरस्कार दिने आयोजक संस्थाका अध्यक्ष ललन यादवले जानकारी दिनु भयो । प्रतियोगिताका विजयी टिमहरुलाई यही माघ ५ गते बलिदानी दिवसका दिन एक समारोह बिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने अध्यक्ष यादवले बताउनु भयाे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *