१३ बैशाख २०८१, बिहीबार

राजदेवी मेयर कप २०७९ को फाइनलमा मुडवलवाको शानदार जित

२३ पुस रौतहट  ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको आयोजना र श्री राजदेवी बचत तथा ऋण सहकारी संस्था लि। को समन्वय, सहकार्य तथा संयोजनमा २०७९ सालको मेयर कप त् द्दण् क्रिकेट प्रतियोगिताको फाईनल मैच आज राजदेवी(७ मुडवलवा र राजदेवी(८ लक्ष्मीपुर बेलविछवा बिच भएको खेलमा वडा नं ७ मुडवलवाले शानदार जित हासिल गरेका छन् ।

आजको फाइनल खेलमा वडा नं ८ ले टॉस जिती पहिले बल्लेबाजी गर्ने निर्णय गरेको थियो । पहिले बल्लेबाजी गर्दै वाडा नं ८ ले अल आउट भई वडा नं ७ लाई १०२ रनको समान्य लक्ष्य दिएको थियो । लक्ष्य लाई पछ्याउर्दै १८ औ भरमा ५ विकेट ले प्राजित गर्दै मुडवलवाले जित हासिल गरेको हो ।

अति रोमाञ्चक बनेको फाइनल प्रतियोगितामा बिजेता भएको वार्ड न।७ को तर्फबाट ५० रन बनाएको र २ विकेट हासिल गरेको सितेश यादवलाई आजको फाइनल प्रतियोगिताको मैन अप दी मैच घोषित गरिएको छ् ।

बिजेता टिम र उपबिजेत्ता टिम लाई राज्देवी न। पा को नगरप्रमुख भिकारी प्रसाद यादव र नगर उपप्रमुख रजकुमारी देवीले पुरस्कार शवरुप शिल्ड मेडेल वितरन गरेका हुन । कार्यक्रमको सञ्चालन कृष्णा यादवले गर्नु भएको थियो।

खेल कार्यक्रममा नगर प्रमुख यादवले बधाई दिदै भने यो खेलको सिरिजमा राम्रो प्रदर्शन गरेका खिलाड़िहरु लाई चयन गरी नगर भन्दा बाहिरी खेलमा अवसर दिईने छ । सथै खेल पनी अहिलेको समयमा सफलताको बाटो बन्न सक्छ ।

सो कार्यक्रममा नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादव, उप प्रमुख राजकुमारी देवी, प्रमुख प्रशासिकिय अधिकृत प्रलव कायश्थ, जिल्ला हुलाक कार्यालय गौरको प्रमुख देवनाथ यादव र वाड नं ७ मुडवलवाका वडा अध्यक्ष विजय शंकर प्रसाद यादव लगायत सम्पुर्ण वडाका वडा अध्यक्ष, युवा संघ नेपालको केन्द्रिय सदस्य पवन किशोर साह , पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा,पत्रकार दिनेश यादव संगम,रामविश्वास मुखिया,हनुमत यादव सुरक्षाकर्मी तथा हजारौ खेल प्रेमी हरूको उपस्थितिमा खेल सम्पन्न भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *