१६ चैत्र २०८०, शुक्रबार

रौतहटमा पासो लगाई झुण्डेको अवस्थामा महिलाको शव फेला

२५ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रोतहटमा पासो लगाई झुण्डेको अवस्थामा एउटा महिलाको शव फेला परेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुर निवासी दुखरन साहको बुहारी तथा रामदयालको श्रीमती वर्ष २८ की जलेसिया देवी कानु आफ्नै घरमा पासो लगाइ झुन्डेको अवस्थामा फेला परेको माधोपुर प्रहरी चौकीले जनाएको छ । मृतकको श्रीमान राम दयाल साह बिगत ८ वर्ष देखि बिदेशमा बसेर मजदुरी गर्दै थियो । ८ वर्षको लामो बसाइ पछि ३ महिना पहिला नै रामदयाल बिदेशबाट फर्केको थियो । घटना रहस्यमय भएको र यसको छानबिन तथा अनुसन्धान निश्पक्ष हुनुपर्ने गाउँका भद्रभलादमीहरुको भनाई रहेको छ । मृतकको शवलाई पोष्टमार्टकका लागि अस्पताल लग्न नदिँदा केहि बेर प्रहरी र स्थानीय बीच स्थिति तनाव भएको थियो । माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव र वडा नं. ६ का वडा अध्यक्ष राम नरेश यादव संयुक्त रुपमा स्थानीयलाई सम्झाइबुझाइ गर्दा शवलाई प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि लगेको हो । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै शवको अन्त्येष्टि गरिने एवम् थप अनुसन्धान भइर्हेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *