१७ बैशाख २०८१, सोमबार

स्थानीय

गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
१ असार, रौतहट । रौतहटको गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न भएको छ । गौर नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटको आयोजनामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस गौर नगरपालिकाको सभा हलमा एक कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रम का प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जेष्ठ नागरिक समाजका अमुल्य गहना भएको हुनाले जेष्ठ नागरिकको सम्मानमा चोट पुर्याउने काम नगर्न सबैलाइ अनुरोध गरेका छन । त्यस्तै नगरप्रमुख साहले गौर नगरपालिका लाई देश कै नमुना र उत्कृष्ट नगरपालिका स्थापित गराउने आफ्नो लक्ष्य रहेकोले यो अभियानमा सहयोग गर्ने जेष्ठ नागरिकहरुलाइ आग्रह समेत गरेका छन । कार्यक्रममा जिल्लाका ज्येष्ट नागरिक, समाजसेवी, सञ्चारकर्मीहरको सहभागिता रहेको थियो ।...
बिरगंज महानगरपालिकाको पूर्व मेयरको पालामा लगाइएको सम्पूर्ण ठेक्का खारेज गर्ने मेयर सिंहको निर्णय

बिरगंज महानगरपालिकाको पूर्व मेयरको पालामा लगाइएको सम्पूर्ण ठेक्का खारेज गर्ने मेयर सिंहको निर्णय

राजनीति, समाचार, स्थानीय
१ असार, बिरगंज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले पूर्व मेयर विजयकुमार सरावगीले आफ्नो कार्यकालमा गरेको विभिन्न ठेक्का सम्झौता खारेजीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकबाट मेयर सिंहले उक्त निर्णय गरेका हुन् । सरावगीको कार्यकालमा लगाइएको ठेक्कासँग असन्तुष्टि जनाउँदै मेयर सिंहले कार्यपालिका बैठकबाट सम्पूर्ण ठेक्का खारेजी गर्न निर्णय गरेको बुझिएको छ । सरावगीले आफ्नो कार्यकालमा सवारी कर, सरसफाई, नयाँ बसपार्क, पूरानो बसपार्कको ठेक्का लगाएका थिए । त्यस्तै बैठकबाट मेयर सिंहले महानगरमा भइरहेका विकास निर्माणका काम असार १५ गते भित्र सक्न पनि दिएका छन् । निर्णयसँगै महानगरसँग सम्झौता गरेर योजना अघि बढाइरहेका ठेकेदार र उपभोक्ता समितिले असार १५ दिन काम सकेर भुक्तानी लिनुपर्ने हुन्छ ।...
रौतहटको गौर र राजदेवी नगरपालिकाका नगरप्रमुखहरुद्वारा सघन शहरीको टीमसंग सयुक्त अनुगमन

रौतहटको गौर र राजदेवी नगरपालिकाका नगरप्रमुखहरुद्वारा सघन शहरीको टीमसंग सयुक्त अनुगमन

राजनीति, समाचार, समाज, स्थानीय
  ३१ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसादयादबले सयुक्त रुपमा शहरी बिकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजबाट भएको विभिन्न निर्माण कार्य र मर्मत गर्नु पर्ने तथा अधुरो केही निर्माण कार्यको स्थलगत निरीक्षन गर्नु भएका छ्न। उहाँहरु संगै सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजका डिभिजन प्रमुख झपट बहादुर थापा र इन्जिनियर सदरे आमल सहितको टोलिले रौतहटको गौर नगरपालिका र राजदेवी नपामा भएका बिकास निर्माणका विभिन्न योजनाहरुको निरीक्षन गरेका छन । निरीक्षन पश्चात् गौर नपाका मेयर शम्भु साहले यस आयोजना अन्तर्गत गौर नगरपालिकामा भएको नालाहरुमा स्लेप नहुदा स्थानीयले नाला मै माटो थुपारेर आवतजावत गर्ने बाटो बनाएकोले प्रयोग बिहिन अवस्थामा पुगेको, स्लाप नहुदा बाढीको बेला मान्छे लड्ने डुब्ने,पशु चौपया समेत ख...
पर्साको बहुदरमाईमा अनैतिक सम्बन्धको विषयलाई लिएर हत्या, भिनाजुसहित पाँचजना पक्राउ

पर्साको बहुदरमाईमा अनैतिक सम्बन्धको विषयलाई लिएर हत्या, भिनाजुसहित पाँचजना पक्राउ

समाचार, समाज, स्थानीय
गत शनिबार हत्या गरेको अवस्थामा शव बरामद भएका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया टोलका निवासी ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन्।राजेश रामको घाँटी कसी हत्या गरेको आरोपमा प्रहरीले उनकै भिनाजुसहित अन्य पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी ४५ बर्षिय हिरामन महारासहित सोही ठाउँ निवासी ३६ बर्षिय रामबालक महरा, ४० बर्षिय बसन्ती देवी, ३५ बर्षिय सुनिता देवी, २२ बर्षिय रिङ्कु देवीलाई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले एउटा प्रेस नोट जारी गरेर जनाएको छ ।प्रहरीका अनुसार गत शनिबार राजेशको शरीर हत्या गरिएको अवस्थामा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको अवस्थामा भेटिएको थियो । उनको घाँटीमा गम्छा कसिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । राज...
बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले  दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज

राजनीति, समाचार, समाज, स्थानीय
बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दैनिक ज्यालादारीमा दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज ३० जेठ, बिरगंज ।बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसअघिका मेयर विजयकुमार सरावगीले दैनिक ज्यालादारीमा नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई हटाएका छन् । पूर्व मेयर सरावगीले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गत वैशाखदेखि आफ्नो भोटबैंक बढाउने उद्देश्यले दैनिक ज्यालादारीमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी र केन्द्रहरुसमेतमा आफ्ना कार्यकर्तालाई दिएको नियुक्ति नवनिर्वाचित मेयर सिंहले खारेज गरेका हुन् । सोमबार बिरगंज महानगरपालिकाले एउटा सूचना जारी गर्दै २०७८ वैशाखदेखि बिरगंज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीरकेन्द्रमा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका सबै कर्माचारिलाई असार १ गतेदेखि अर्को सूच...
भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

भाजपाका पूर्व प्रवक्ता नुपुर शर्माको समर्थनमा विरगंजमा किन भयो प्रदर्शन ?

राजनीति, समाज, स्थानीय
२९ जेठ, वीरगन्ज । हिन्दु धर्मका समर्थकहरुले वीरगञ्जमा भारतीय जनता पार्टी भाजपा का पूर्व प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलको समर्थनमा प्रदर्शन गरेका छन् । इश्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नुपुर शर्मा र नेता नविन जिन्दलले नकारात्मक टिप्पणी गरेको भन्दै दुवै जनाको विरोधमा शुक्रबार वीरगन्जमै मुस्लिम समुदायले भारतीय महावाणिज्य दूतावास अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै शनिवार हन्दु धर्मका अगुवाहरुले उनीहरुको समर्थनमा प्रदर्शन गरेका हुन् । हिन्दुत्वको रक्षाको लागि एक हौ भन्ने मुल नारा लेखिएको ब्यानर, पम्प्लेट बोकेर हिन्दुवादीहरुले नगर परिक्रमा गरेका थिए । समर्थन रयालीमा सहभागीहरुले हिन्दु हुनुमा हामीलाइ गर्व छ, भाजपा नेतृ नपुर शर्मालाइ हाम्रो समर्थन छ लगायतका नारा लगाएका थिए । भाजपा नेताहरुले हिन्दु धर्मको रक्षाका लागि अभिव्यक्ति दिएकाले उनिहरुको सम...
गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन  जम्मा ३४ हजार

गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन जम्मा ३४ हजार

विविध, समाचार, समाज, स्थानीय
२९ जेठ, रौतहट । रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको थियो। पहाडको विभिन्न ठाउँबाट किर्ने र संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ। सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो। गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्‍याइ...
किन छन प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद असंतुष्ट ?

किन छन प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद असंतुष्ट ?

राजनीति, स्थानीय
मधेश प्रदेश सरकारको शुक्रबार प्रदेशसभा बैठकमा प्रि बजेट छलफल सम्पन्न भएको छ । प्रदेश सभामा प्रि बजेटमाथि दुई दिन भएको छलफलमा प्रतिपक्षीसँगै सत्तारुढ दलका सांसद पनि असंतुष्ट देखिएका छन् । सांसदहरु बजेट कार्यान्वयन, नीति तथा कार्यक्रममा समेटिएको योजना समावेश हुनेरनहुने र सरकारलाई आउन सक्ने चुनौती कारण असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी ९जसपा०का सांसद सुरेश मण्डलले प्राथमिकता निर्धारण गरिए अनुसार नै बजेट ल्याउन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहसँग आग्रह गरे । छलफलमा भाग लिदै उनले अधिकांश समय सरकारलाई आएको समस्या र चुनौती बारे ध्यानाकर्षण गराए । समाजवाद उन्मूख प्रदेश बनाउन सरकारलाई आर्थिक ऐन संशोधन गर्न उनले सुझाब दिए । ‘आर्थिक ऐनको कारण खर्च नभएको जस्ता गुनासो आइरहेको छ । ऐनमा काम सकेपछि भुक्तानी दिने शर्त गलत छ,’उनले भने–‘दुई चरणमा भुक्तानी दिने व्यवस्था मिलाउनु पर्छ । नभए...
आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ

समाचार, समाज, स्थानीय
२५ जेठ, दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।...