
बिरगंज महानगरपालिकाका पूर्व मेयर सरावगीले दैनिक ज्यालादारीमा दिएको सबै नियुक्ती वर्तमान मेयरद्वारा खारेज
३० जेठ, बिरगंज ।बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले यसअघिका मेयर विजयकुमार सरावगीले दैनिक ज्यालादारीमा नियुक्त गरेका सम्पूर्ण कर्मचारीहरुलाई हटाएका छन् ।
पूर्व मेयर सरावगीले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गत वैशाखदेखि आफ्नो भोटबैंक बढाउने उद्देश्यले दैनिक ज्यालादारीमा वडा कार्यालयदेखि स्वास्थ्य चौकी र केन्द्रहरुसमेतमा आफ्ना कार्यकर्तालाई दिएको नियुक्ति नवनिर्वाचित मेयर सिंहले खारेज गरेका हुन् ।
सोमबार बिरगंज महानगरपालिकाले एउटा सूचना जारी गर्दै २०७८ वैशाखदेखि बिरगंज महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयअन्तर्गत पर्ने सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीरकेन्द्रमा २०७८ वैशाखदेखि दैनिक ज्यालादारीमा नियुक्ति पाएर काम गरिरहेका सबै कर्माचारिलाई असार १ गतेदेखि अर्को सूचना नआएसम्मका लागि हटाईएको जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको नगरपालिकाको कार्यालय महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ बैशाख देखि नियुक्त भइ दैनिक ज्यालादारीमा कार्यरत रहदै आएका कर्मचारीहरुलाई अर्को सुचना नआउन्जेल सम्मका लागि आगामी असार १ गतेदेखि जागिरबाट हटाइएका उल्लेख छ ।
दैनिक ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीहरुलाई हटाउने निर्णय गरेसँगै स्थानीयहरुले मेयर सिंहको प्रशंसा गरिरहेका छन् । दैनिक ज्यालादारीमा कर्मचारीको नाममा पूर्व मेयर सरावगीले कार्यकर्तालाई नियुक्ति दिएर महानगरका करदाताको पैसा सकाउने काम गरेको भन्दै उनीहरुलाई हटाउने मेयर सिंहको निर्णय सराहनीय भएको स्थानीय युवा नेता शशिकान्त सर्राफले बताए ।