
गत शनिबार हत्या गरेको अवस्थामा शव बरामद भएका पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडी बैरिया टोलका निवासी ४० बर्षिय राजेश रामको हत्यामा सलंग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन्।राजेश रामको घाँटी कसी हत्या गरेको आरोपमा प्रहरीले उनकै भिनाजुसहित अन्य पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी ४५ बर्षिय हिरामन महारासहित सोही ठाउँ निवासी ३६ बर्षिय रामबालक महरा, ४० बर्षिय बसन्ती देवी, ३५ बर्षिय सुनिता देवी, २२ बर्षिय रिङ्कु देवीलाई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले एउटा प्रेस नोट जारी गरेर जनाएको छ ।प्रहरीका अनुसार गत शनिबार राजेशको शरीर हत्या गरिएको अवस्थामा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ स्थित नारा खोलाको खोल्साभित्र घोप्टो परेको अवस्थामा भेटिएको थियो । उनको घाँटीमा गम्छा कसिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । राजेशको हत्या पनि घाँटीमा गम्छाले कसेर गरिएको थियो ।
घटना सम्बन्धमा मृतकका भिनाजुसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा राजेश जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेको र जेठ २८ गते शनिबार भिनाजु हिरामनले आफ्नो भाईसहित अन्य पाँचजना परिवारका सदस्यसँग मिलेर उनको घाँटी कसी हत्या गरी लाशलाई खोल्सामा फ्याएको खुल्न आएको प्रहरीले जनाएको छ । राजेशको भिनाजुकै घरमा रहेको कुनै महिलासँग अनैतिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका पाँचै जना विरुद्ध ज्यान सम्बन्धी कसूर ९कर्तव्य ज्यान० मा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ९डिएसपी० ओमप्रकाश खनालले बताए ।