
बिरगंज महानगरपालिकाको पूर्व मेयरको पालामा लगाइएको सम्पूर्ण ठेक्का खारेज गर्ने मेयर सिंहको निर्णय
१ असार, बिरगंज । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले पूर्व मेयर विजयकुमार सरावगीले आफ्नो कार्यकालमा गरेको विभिन्न ठेक्का सम्झौता खारेजीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।
मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकबाट मेयर सिंहले उक्त निर्णय गरेका हुन् ।
सरावगीको कार्यकालमा लगाइएको ठेक्कासँग असन्तुष्टि जनाउँदै मेयर सिंहले कार्यपालिका बैठकबाट सम्पूर्ण ठेक्का खारेजी गर्न निर्णय गरेको बुझिएको छ । सरावगीले आफ्नो कार्यकालमा सवारी कर, सरसफाई, नयाँ बसपार्क, पूरानो बसपार्कको ठेक्का लगाएका थिए ।
त्यस्तै बैठकबाट मेयर सिंहले महानगरमा भइरहेका विकास निर्माणका काम असार १५ गते भित्र सक्न पनि दिएका छन् ।
निर्णयसँगै महानगरसँग सम्झौता गरेर योजना अघि बढाइरहेका ठेकेदार र उपभोक्ता समितिले असार १५ दिन काम सकेर भुक्तानी लिनुपर्ने हुन्छ ।...