८ बैशाख २०८१, शनिबार

स्थानीय

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

राजनीति, विविध, समाचार, समाज, स्थानीय
११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्...
४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
शिक्षा, स्वास्थ्य, कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । माधव नारायण न.पा.का नगर प्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ४५ करोडको बजेट सहित सातौ नगरसभा सम्पन्न गर्नु भएको हो । नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक सम...
रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

राजनीति, शिक्षा, समाचार, स्थानीय
१० असार, रौतहट। रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।रौतहट जिल्लामा सबै भन्दा पहिलो नीति तथा कार्यक्रम र बजेट राजदेवी नगरपालिकाले सार्वजनिक गरेका थिए । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् भने धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । रौतहटमा १८ वटा पालिकाहरु मध्ये राजदेवी नगरपालिका, गढीमाइ नगरपालिका र इशनाथ नगरपालिका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।...
४ वर्षीय बालिकालाई  बलात्कार गरेको आरोपमा  एक युवक पक्राउ

४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

समाचार, समाज, स्थानीय
१० असार, वीरगंज । मधेश प्रदेशमा बलात्कारको घटनामा वृद्धि भएको छ । बारा जिल्लामा ४ वर्षिया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी जंगलका १९ वर्षीय अजय पाख्रिन रहेका छन् । आफ्नै छिमेकी बस्ने एक ४ वर्षीय बालिकालाई घरमा कोहि नभएको बेला जबरजस्ती बलात्कार गरेर फरार फरार भएको थिए । पिडित बालिकाले आफ्ना अभिभावकलाई घटनाको बारेमा जानकारी गराएपछि उनीहरुले पाख्रिनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीको आधारमा बारा प्रहरीले सोही दिन पाख्रिनलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार पाख्रिनलाई घटना भएकै दिन साँझ ६ बजेको करिबमा पक्राउ गरिएको थियो । उनलाई अर्को दिन असार ९ गते ज...
पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध  वीरगञ्जमा प्रदर्शन

पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध वीरगञ्जमा प्रदर्शन

राजनीति, समाचार, समाज, स्थानीय
८ असार, वीरगञ्ज। पेट्रोलियम पदार्थसँगै खाद्य पदार्थमा भएको मूल्य बृद्धि विरुद्ध अनेरास्ववियु पर्साले वीरगञ्जमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले मूल्य बृद्धिको विरुद्धमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा प्रदर्शन गरको हो । अरमान हस्मीको अध्यक्षतामा भएको विरोध प्रदर्शनलाइृ सम्बोधन गर्दै अनेरास्ववियु वीरगञ्ज महानगर समितिका अध्यक्ष आशिफ अहमदले मूल्यबृद्धि गरेर जनताको ढाड सेक्ने कार्य कदापी सह्य नहुने बताए । उत्पादन र निर्यातलाई बढाउनतर्फ प्रेरित हुनुपर्नेमा मूल्य बढाएर आयातलाई नै थप प्रश्रय दिएको अध्यक्ष अहमदको आरोप छ । यथाशिघ्र मूल्य बृद्धि फिर्ता लिएर जनताको दैनिकीलाई सहज बनाउनुपर्ने अहमदको भनाई छ । प्रदर्शनमा सहभागीहरुले ‘मुल्य बृद्धि फिर्ता गर, सेरे तेरो पाराले, दुख पाए साराले, नेकपा एमाले ...
रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार जनकपुरधाम आउदै

विविध, शिक्षा, समाचार, समाज, स्थानीय
८ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । जनकपुरधामबाट सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै उक्त रेल पुनः दिल्ली फर्किने छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक जनकपुर आउने छन् । ती पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ ।...
नाबालिकालाई  अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा  एकजना युवक पक्राउ

नाबालिकालाई अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ

समाचार, स्थानीय
८ असार, बारा । बारा जिल्लाकै कलैया उपमहानगरपालिका वडा नम्बर ५ बरेवा टोल बस्ने गफार मियाँका छोरा १९ वर्षीय इर्साद मियाँ अन्सारी नाबालिकालाई केटीलाई अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । अन्सारीले गत फागुन ५ गते एक १६ वर्षीय नाबालिकलाई केटीलाई आफ्नो २ जना साथीहरु मार्फत विभिन्न डर त्रास देखाई कलैया(१ बाट अपहरण गरेर बन्धन बनाई भारतको लुधियाना भन्ने स्थानमा लगेर जबर्जस्ती बलात्कार गरेका थिए । नाबालिकाका अभिभावकले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले अन्सारीलाई असार ३ गते कलैया(५ बाट लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए । पक्राउ परेकाका अन्सारीलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशअनुसार पूर्पक्षका वीरगञ्ज कारागार पठाइएको डिएसपी थापाले बताएका छन । ।...
अन्तर्रािष्टृय विश्व योग दिवसको अवसरमा दुर्गा भगवती गाउँपालिकामा विभिन्न व्यक्तिहरु सम्मानित

अन्तर्रािष्टृय विश्व योग दिवसको अवसरमा दुर्गा भगवती गाउँपालिकामा विभिन्न व्यक्तिहरु सम्मानित

शिक्षा, समाचार, समाज, स्थानीय
८ असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्रािष्टृय विश्व योग दिवस मनाएको छ । योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोग पुर्याउने उद्देश्यले दुर्गा भगवती गाउँपालिका योग दिवस मनाएको छ । । दुर्गाभगवती गाउपालिकाका औषधालय केन्द्रको प्रमुख परमानन्द पाठकको अध्यक्षता सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष शम्भु कुमार सिंह हुनुहुन्थ्यो । कार्यक्रमको विशिष्ट अतिकिो रुपमा गापा उपाध्यक्ष शीला देवी , वडा नं। ३ का वडा अध्यक्ष डिके झा, त्यसतै वडा नं। ४ का वडा अध्यक्ष रमानन्द यादव, प्र्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश यादव, इलाका प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल, स्थानीय विद्यालय प्रार्चाय, पंतजली योग समितिका गापा अध्यक्ष सोनेलाल राय यादव तथा योग अभियन्ता लक्ष्मी नारायण पाण्डेय लगायत बुद्धिजिवी सत्य नारायण राउत हुनुहुन्थ्यो।...
नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने  कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिन छोडेः सांसद झा

नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिन छोडेः सांसद झा

राजनीति, समाचार, स्थानीय
७ असार, रौतहट । विदेशी बुहारीलाई नागरिकता दिने लामो अवधिका कारण तराईका युवाहरुको बिहे हुन छोडेको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सांसद अनिल कुमार झाले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने बाध्यताका कारण भारतीयले नेपालका युवाहरुलाई छोरी दिनै छोडेको बताएका हुन् । उनले भने, ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय केटीहरू अब नेपालमा बिहे गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ रु राज्यले त्यसको व्यवस्था के गर्न सक्छ रु’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदनमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ ।...
साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ

साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ

समाचार, स्थानीय
७ असार, वीरगञ्ज । लगभग साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेका छन् । अकुवा टोलमा अवैध रुपमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले मंगलबार पञ्जियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनि आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पञ्जियारको साथबाट प्रहरीले ४ किलो ३ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले बताए । प्रहरीले उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले जानकारी दिए ।...