८ बैशाख २०८१, शनिबार

ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु

४ असार, रौतहट । रौतहटमा खाना पकाउने क्रममा आज बिहानै ग्यास सिलिन्डर पडकेको छ । जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।

ग्यास सिलिन्डर पडकिदा गढीमाई नगरपालिका १ समनपुर निवासी बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन्। शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *