१२ बैशाख २०८१, बुधबार

पर्सामा घुसको रकमसहित नापी कार्यालयका बिचौलिया पक्राउ

७ असार, वीरगञ्ज । पर्सा वीरगञ्जका नापी कार्यालयएका जना बिचौलिया एक लाख २५ हजार घुसको रकमसहित रंगे हात पक्राउ परेका छन् ।

निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आइरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको इन्स्पेक्टर मल्लले जानकारी दिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *