
३ असार, रौतहट । स्थानीय तहको चुनाव २०७९ ले राज्यमा परिवर्तनको पाठ नै सिकाएको छ । पछिल्ले २०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित जनप्रतिनिधिहरुले गरेका प्रतिवद्धता अनुसार काम गरेका नगरेका मुल्याकंन यस पालिको चुनावमा राज्यका आम नेपाली जनताहरु हदै सम्म सहि गरेका छन । आम नेपाली जनतामा सहिलाई सहि र गलतलाई गलत भन्ने आँट आइसकेका छन । विगत ५ वर्ष देखि पैसाको बलमा फेरि चुनाव जित्छु सोच राखेका जनप्रतिनिधिहरुको सोचलाई डुबाउने काम सर्वसाधारण नेपाली जनताले गरेका छन । यस पालिको स्थानीय तहको चुनावमा जुन आशा र विश्वासको साथमा नेपाली जनता आफ्नो नजिकको सरकारलाई छनौट गरेका छन , वास्तवमा नवनिर्वाचित जनप्रतिनिधिहरुको आफ्ना प्रतिवद्धतामा कतिको सक्रियता देखाउने छन त्यो हेर्नलाइ अहिले धेरै समय बाँकी छ । नवनिर्वाचित जनप्रतिनिधिहरु आ—आफ्नो कार्यभार सम्हालेको महिना पुगिसक्दा धेरै जस्ता जनप्रतिनिधिहरु कुर्सीमा बस्ने दिन देखि नै दिन रात बिकासका परिवर्तन गर्न मेहेनत गदैछन भने कति त अहिले सम्म चुनावको बेला धेरै थकाइ लागेर विश्राम नै गदैछन । रौतहटका प्राय निर्वाचित नगरप्रमुखहरु शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार गर्न निरिक्षन तथा अनुगमन गर्ने क्रममा छन । सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा नगरप्रमुख पदमा निर्वाचित शम्भु साह आफ्नो कार्यभार सम्हाल्ने दिन देखि नै नगरभित्रका सबै विद्यालय तथा स्वास्थ्य चौकीमा अनुगमन गर्दै त्याहाका कमि कमजोरीलाई सुधार गर्ने तथा नगरमा गुणस्तरीय शिक्षा एवम् सुविधायुक्त स्वास्थ्य चौकीका लागि निर्देशन पनि दिर्दैछन । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका लागि जिल्लाको राजदेवी नगरपालिका, दुर्गाभगवती गाउपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, चपुर नगरपालिकाका नगरप्रमुखहरु अनुगमन तथा सुधारका निर्देशन दिने कामलाई निरन्तरता दिेदैछन