१३ बैशाख २०८१, बिहीबार

रौतहटको वृन्दावन नगरपालिकाको आँकडपाथर गाउँको बाटोमा सडक ढलानको उद्धघाटन

३ असार, रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले सो पालिकाको वडा नम्बर(८ अन्तरगत पर्ने आँकडपाथर गाउँको बाटोमा सडक ढलानको उद्धघाटन गरेकाछन्। नेकपा एकीकृत समाजवादी पार्टीका प्रभावशाली नेता तथा पोलिट व्युरो सदस्य पुर्व सांसद रामकुमार भट्टराईको बिशेष पहल तथा नगर प्रमुख कुर्मीको बिशेष सहयोगमा केन्द्रीय बजेट तराई मधेस समृद्धि अन्तरगतको कुल रकम ३० लाख बजेटमा सो ढलान कार्य भइरहेको छ। बर्षौंदेखि बिग्रेको,आँकडपाथर गाउँको शिव मंदिर देखि रामएकवाल पटेलको घर सम्मको बाटोमा आजदेखि हुन गइरहेको ढलान कार्यले त्यहाँका जनसमुदाय अत्यन्तै उत्साहित भएका छन्। ढलानको उदघाटन गर्दै नगरप्रमुख कुर्मीले आँकडपाथरको बिकास निर्माणमा अग्रसर हुन पाउँदा खुसी आफू महसुस गरिरहेको बताउदै अबको पाँच वर्षमा वृन्दावनलाई सुखी र समृद्ध वृन्दावन बनाउने र यहाँका हरेक सडकहरुमा नला,ढलान तथा कालोपत्रे गर्न कुनै कसर न छोडने बताउनुभयो। उक्त उदघाटन कार्यक्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मी,वडा नम्बर ८का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, बिधायक हसिमा खातुन,वडा नम्बर (९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवन,नेकपा एसका नेता सलामोदिन दर्जी,राजेश यादव,पप्पु साह लगायत स्थानीयहरुको पनि सहभागीता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *