१३ बैशाख २०८१, बिहीबार

विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थिति देखेर नगरप्रमुख आश्चर्यचकित

२ असार, गौर । रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आज गौर नगरपालिका स्थित वडा नम्बर ३ विद्यापति नगर र ४ गढवामा रहेका स्वास्थय चौकी तथा विद्यालयहरुमा निरीक्षन तथा अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा नगरप्रमुख साह द्वारा वडा नं. ४ गढवाको स्वास्थय चौकीमा रहेको औषधी लगायत उपकरणहरुको अवस्था चेकजाँच गरिएको छ । साथै स्वास्थय चौकीको व्यवस्थापन तथा कर्मचारीहरुको उपस्थिति सामान्य रहेको पाइएको छ ।

अनुगमनकै क्रममा वडा नं. ४ स्थित रहेको श्री प्रा.वि.गढवामा विद्यार्थीहरुको उपस्थिति एकदमै न्युन रहेको पाइएको छ ।विद्यालयमा विद्यार्थीहरुको न्युन उपस्थिति देखेर नगरप्रमुख आश्चर्यचकित भएका छन । अनुगमन पश्चात गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले विद्यालयका प्रधानाध्यापकलाई आवश्यक निर्देशन सहित विद्यार्थीको शिक्षा प्रती गम्भीर हुन सबैलाई निर्देशन दिनुभएको छ ।


अनुगमनकै क्रममा वडा नं. ३ विद्यापति नगरमा अवस्थित आधारभूत विद्यालयमा १० जना शिक्षकहरुमध्ये जम्मा ५ जना उपस्थित रहेको र विद्यार्थीको उपस्थिति न्युन मात्रामा रहेको पाइएको छ । यसबारे नगरप्रमुख साह स्थानीयसंग समेत छलफल गरेका छन । साथै विद्यालयहरुमा देखिएको कमी कमजोरी र समस्यालाई समाधान गर्दै चुस्त दुरुस्त प्रशासन र गुणस्तरीय शिक्षामा जोड दिन सम्बन्धित प्रधानाध्यापकलाई नगरप्रमुख साहले ध्यानाकर्षण गराउनुभएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
4
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *