११ बैशाख २०८१, मंगलवार

वीरगञ्ज महानगरका कर्मचारीहरुद्वारा वीरगञ्ज दरवार होटल सिल

५ असार, वीरगञ्ज । वीरगञ्जको गिता मन्दिर रोडमा रहेको जिल्ला बाल कल्याण समितिको भवणमा रहेको वीरगञ्ज दरवार होटल आज सिल गरिएको छ ।

वीगत लामो समयदेखि वीरगञ्ज दरवार होटल संचालनको लागि वीरगञ्ज महानगर पालिकासंग सम्झैता गरेका सुकेश साहले महानगरलाई भाडा नदिएको कारण महानगरले होटल तालाहानी सिल गरेको हो ।

वीरगञ्ज दरवार होटल संचालनको लागि वीरगञ्ज महानगरसंग सम्झैता गरेका सुकेश साहले अमित गिरी, प्रभाकर गुप्ता र अशोक साहलाई होटल संचालन गर्न जिम्मा दिएका थिए ।
होटल संचालन गर्दै गिरी, गुप्ता र साह आए पनि वीरगञ्ज महानगरसंग सुकेश साहले प्रति महिना १ लाख १ हजार १ सय १५ रुपैयाको दरले भाडा वपत सम्झैता गरेका थिए तर भाडामा लिए देखि हाल सम्म ३५ लाख रुपैया सुकेश साहले तिरेका छैन्न ।

सुकेश साहले ३५ लाख रुपैया नतिरेको ले वीरगञ्ज महानगरका कर्मचारीहरु आज होटल सिल गरि ताला लगाएको वीरगञ्ज महानगरका एक कर्मचारीले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *