१२ बैशाख २०८१, बुधबार

गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न

१ असार, रौतहट । रौतहटको गौर नगरपालिकामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस सम्पन्न भएको छ ।
गौर नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक जिल्ला संघ रौतहटको आयोजनामा विश्व ज्येष्ठ नागरिक दुर्ववहार सचेतना दिवस गौर नगरपालिकाको सभा हलमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।

कार्यक्रम का प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले जेष्ठ नागरिक समाजका अमुल्य गहना भएको हुनाले जेष्ठ नागरिकको सम्मानमा चोट पुर्याउने काम नगर्न सबैलाइ अनुरोध गरेका छन । त्यस्तै नगरप्रमुख साहले गौर नगरपालिका लाई देश कै नमुना र उत्कृष्ट नगरपालिका स्थापित गराउने आफ्नो लक्ष्य रहेकोले यो अभियानमा सहयोग गर्ने जेष्ठ नागरिकहरुलाइ आग्रह समेत गरेका छन । कार्यक्रममा जिल्लाका ज्येष्ट नागरिक, समाजसेवी, सञ्चारकर्मीहरको सहभागिता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *