१८ चैत्र २०७९, शनिबार

रौतहटको गौर र राजदेवी नगरपालिकाका नगरप्रमुखहरुद्वारा सघन शहरीको टीमसंग सयुक्त अनुगमन

372

 

३१ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह र राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसादयादबले सयुक्त रुपमा शहरी बिकास मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजबाट भएको विभिन्न निर्माण कार्य र मर्मत गर्नु पर्ने तथा अधुरो केही निर्माण कार्यको स्थलगत निरीक्षन गर्नु भएका छ्न।
उहाँहरु संगै सघन शहरी तथा भवन निर्माण आयोजना बिरगंजका डिभिजन प्रमुख झपट बहादुर थापा र इन्जिनियर सदरे आमल सहितको टोलिले रौतहटको गौर नगरपालिका र राजदेवी नपामा भएका बिकास निर्माणका विभिन्न योजनाहरुको निरीक्षन गरेका छन ।

निरीक्षन पश्चात् गौर नपाका मेयर शम्भु साहले यस आयोजना अन्तर्गत गौर नगरपालिकामा भएको नालाहरुमा स्लेप नहुदा स्थानीयले नाला मै माटो थुपारेर आवतजावत गर्ने बाटो बनाएकोले प्रयोग बिहिन अवस्थामा पुगेको, स्लाप नहुदा बाढीको बेला मान्छे लड्ने डुब्ने,पशु चौपया समेत खस्ने खतरा रहेकोले तत्काल स्लाप ढलान गरि नाला मर्मत र सरसफाइ गराई नालालाइ प्रयोगमा आउने बनाउन आग्रह गर्नु भएको छ।
मेयर साहले नालामा स्लेप तत्काल नलगाए हुने सक्ने दुर्घटनाको सम्पुर्ण जिम्मेवार ठेकेदार र सम्बन्धित कार्यालय हुने चेतावनी दिए।
मेयर साहले आयोजना अन्तरगत निर्माण भएको सडकमा खाल्टो खुल्टी देखिएकोले तत्काल मर्मत गरिनुपर्ने, बाकी रहेको ठाउँको कामहरु गुणस्तरीय ढंगले अगाडि बढाउन समेत माग गरेका छन् ।


डिभिजन प्रमुख थापाले बिकास निर्माण कार्यमा देखिएको विषय बस्तु ,समस्यालाई सुधारको विषयमा गम्भीरताका साथ लागेर कार्य अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0