५ जेष्ठ २०८१, शनिबार

गौर भन्सारले गर्यो १७ ओटा पशुधनको मूल्यांकन जम्मा ३४ हजार

२९ जेठ, रौतहट । रौतहटको दुधियाभारमा रहेको सशस्त्र प्रहरी बलले शनिबार बिहान ३ बजे भारततर्फ तस्करी हुन लागेको अवस्थामा समातेको १७ ओटा गाई र बाच्छा सरकारी प्रक्रिया पूरा गरी गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको थियो। पहाडको विभिन्न ठाउँबाट किर्ने र संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ।

सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो।

गौर भन्सारमा सिन्डिकेट चलाउनेहरुले सक्रिय भएर गाई र बाच्छोको निलामी सकार गरी पुनः तस्करकै हातमा पुर्‍याइएको हो।
पहाडको विभिन्न ठाउँबाट किनेर संकलन गरी भारततर्फ लैजानको लागि प्रदेश २–०३–०००१ ख १४८७ नम्बरको गाडीमा लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बलले आवश्यक कारबाहीको लागि गाईलाई गौर भन्सारमा बुझाउँदा १७ ओटा गाईलाई ३५ हजार पाँच सय रूपैयाँमा निलाम गरेको छ।

सशस्त्र प्रहरी बलले १७ ओटा पशुधनको मूल्यांकन नै जम्मा ३४ हजारको गरेर पठाएको र सोही मूल्यमा भन्सार कार्यालयले डाँक बढाबढ गर्दा पशुधनलाई ३५ हजार पाँच सय रूपैयाँमा बिक्री भएको हो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *