१६ चैत्र २०८०, शुक्रबार

आगो लगाएर दार्चुलामा एकल महिलाको हत्या, २ जना पक्राउ

२५ जेठ, दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।

डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *