
२२ असार, पर्सा । बलिराम यादव, पर्सा संवाददाता
पर्सा जिल्लाको गरमिन भेगमा रहेको पर्सागढी नगरपालिका वडा नं ६ तित्राउन चैनपुरमा करिब ११ घरपरिवारमा रहेका करिब ,७२ जन दलित डोम बस्तीमा अहिले सम्म विकास पुगन सकेको छैन।
पिहलो जनप्रनिधी निर्वाचित भई पाँच वर्ष कार्यकालमा विकास नामको कुनै शब्द पुगन सकेको छैन। अहिले पनि उ यही फुस्को घर , पलास्टिक ओक्षयाइएस्को छानो ,कम्बल्ले घेरिएको भकरो, जस्ता दृश्यले जो कोहीको मन पग्लिन्छ।
लाखौं करोडौंको बजेट मतोपुरी गराबेल,रोड नला ढलनमा सिद्याइन्छ। तर अति विपन गरिबहरूको झुपडीमा विकास नामको शब्द किन पुग्दैन । शिक्षा श्वास्थ,खाने पानीको समेत अभाभव रहेको त्यो डोम बस्तीमा देख्न सकिन्छ।एउटै धारा बाट ७२जनाले आफ्नो गुजारा चलाइरहेको अवस्था छ।
नेपाल खुला दिसा मुक्त भएको धेरै समय बितिसक्दा पनि शौचालय नभएर उनीहरू अहिले पनि बहिर दिसा गर्न बाध्य रहेका छन् ।रिङ त पाइयो तर आफूहरुको आर्थिक अवस्था कमजोर भएको कारणले शौचालय निर्माणमा लाग्ने अन्य सामग्री व्यवस्था हुन नसके पछि आजसम्म हामी शौचालय निर्माण गर्न नसकेको हो । धेरै जस्तो संघ संस्था पनि आयो ,नेता ज्यु पनि आउनु भयो तर कुनै किसिमको परिवर्तन भएको छैन।
अहिले फेरि पनि नयाँ जन प्रतिनिधिको रूपमा आफू विकास प्रेमि र जनता प्रेमीको रूपमा स्थापित गर्न पर्संगढी वडा नं६ तित्राउन चै नपुरका वडा अध्यक्ष नवकिसोर प्रसाद कलवार आफू त्यो वस्तीको लागि यसै वर्षमा कम्पाउन्ड वाल सहितको जस्ता पातको छानो सहित पकी घर निर्माण गर्नको लागि , लागि परेको बताउनु भाको हो । हेरौ कतिको परिवर्तन हुन्छ त्यो हेर्न बाँकी नै छ।
त्यसैले अन्य विकासको संग सगै त्यस पालिकामा रहेको दलित ,जनजाति र आन्य विपन घरपरिवार प्रति पनि ध्यान दिन जरुरी देखिनछ। पकै पनि यस वर्षमा यस्ता यस्ता ठाउँमा विकास पुग्ने हाम्रो आशा एवम् विश्वास रहेकोछ ।हामी यसको निरन्तर निगरानी गर्नेछौं।