
२२ असार, नवलपरासी । बिनोद निगम
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ स्थित वर्गदवा बाट बेवारिसे अवस्थामा एक भारतीय ट्राली सहित ६० वोरी चिनी लोड गरेको अवस्थामा महेशपुर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
उक्त ट्रालीमा चिनी लोड गरि सरावल वाड नं ७ भुजहव हुदै भारतबाट नेपालतर्फ ल्याउदै गर्दा महेशपुर भन्सार कार्यालयको टोलीले बर्दघाट तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।
अहिले पश्चिम नवलपरासीको महेशपुर भन्सारले तस्करी हरु लाई थाह लगाउँदै र अबैध सामानहरु धमाधम पक्राउ गर्न गरेको महेशपुर भन्सारले बताईएको छ ।