८ बैशाख २०८१, शनिबार

सेवाग्रहीसँग १ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा सब इन्जिनियर पक्राउ

२२ असार, विरगंज । सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा वीरगञ्जस्थित प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर पक्राउ परेका छन् ।

सेवाग्राहीसँग भवन निर्माणको मूल्यांकनको लागि १ लाख ७० हजार रुपैयाँ घुस लिँदैलिँदै प्रादेशिक शहरी विकास तथा भवन निर्माण कार्यालयका सब इन्जिनियर रुपेश कुमार दुबे रंगेहात पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा दुबे विरुद्ध सेवाग्राहीले दिएको मौखिक उजुरीको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० विशाल मल्लको नेतृत्वमा खटेको प्रहरी टोलीले दुबेलाई पक्राउ गरेको स्रोतले जनाएको छ । दुबे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *