६ बैशाख २०८१, बिहीबार

विगतको नेतृत्वले गरेका कामहरु समेटेर विरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी

१९ असार, विरगंज/बलिराम यादव । विरगंज महानगरपालिकाको सभा हलमा आज विगतको नेतृत्वले गरेका कामहरु समेटेर महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी भएको छ ।
आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन नै गरेर नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गरेका हुन् ।
जारी श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका बजेटका विवरणहरु समेटिएका छन् । यस्तै श्वेतपत्रमा महानगरको वर्तमान भौतिक पूर्वाधार , आर्थिक , शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे पनि जानकारी गराइएको छ ।
श्वेतपत्र जारी गर्दै नवनिर्वाचित मेयर सिंहले विगतको नेतृत्वले महानगरमा निमर्माण तथा सन्चालनका गरेका भौतिक पुर्वाधार र योजनाहरु निर्माण सम्पन्न भइ सन्चालनमा आएको एक डेढ वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेको अवस्था रहेको बताए ।
भैतिक पुर्वाधार र योजना निर्माणमा बजेट खर्च गरिएको तर खर्च भएको बजेट अनुसार गुणस्तरीय कामहरु भने नभएको नपाइएको सिंहले बताए ।

सन्चालनमा ल्याइएका र सन्चालनमा नआउदै जीर्ण भएका भौतिक पुर्वाधारहरुको अवस्था बारे नगरवासीलाइ जानकारी नदिइ त्यसको सुधार र मर्मतमा काम गर्दा आफु माथि प्रश्न उठ्ने भएकाले श्वेतपत्र जारी गरेर जनतालाइ जानकारी गराउनु परेको उनले बताए ।

मेयर सिंहले भने ,‘ हामी निर्वाचित भएर आएपछि महानगरमा थुप्रै बेथितीहरु देख्यौ, यी सब बारे जनतालाइ जानकारी नगराइ काम शुरु गर्दा हामी माथि नै प्रश्न उठ्न सक्छ जस्तो लाग्यो , त्यसैले श्वेतपत्र जारी गरेर महानगरमा भएका बेथीतीहरु बारे जनतालाइ जानकारी गराउनु परेको हो ।

आफु भन्दा पहिलेको नेतृत्वको कार्यकालमा भएका बेथीतीहरु सुधार गर्दै हाम्रो वीरगन्ज राम्रो वीरगन्ज बनाउने मुल उदेश्य लिएर आफु अगाडि बढेको उनले बताए ।
मेयर सिंहले भने ,‘ कम्तिमा १ सय दिनको प्रतिक्षा गर्नुस् , महानगरमा अहिले जे जति बेथिती देखिएका छन् , ती सबै सुधार हुन्छ , यदि हामीले राम्रो काम गरिरहेका छौ भने कर्मचारीले पनि हामीलाइ साथ दिनु पर्ने आवश्यक छ ।
आइतबार जारी श्वेतपत्रमा यसअघिको नेतृत्वको कार्यकालमा सडक कालोपत्रे, भूमीगत ढल तथा नाला , नयाँ बसपार्क टर्मिनल , फोहोर पानी प्रशोधन केन्द्र , अस्पतालजन्य फोहोर प्रशोधन केन्द्र लगायतका सबै ठूला परियोजनामा गुणस्तरहीन निर्माण कार्य गरिएको उल्लेख छ ।
यस्तै उज्यालो वीरगन्जमा पनि अनियमितता भएको भन्दै श्वेतपत्रमा महानगरका सार्वजनिक सम्पतिको दोहन गरिएको , सवारीसाधन र त्यसमा लाग्ने इन्धनको दुरुपयोग , महानगरले असुल उपर गर्नु पर्ने बेरुजु रकम वर्षेनी बढ्दै गएको , शिक्षण सस्ंथाहरुमा बेथिती बढेको लगायतका बुदाँहरु तथ्याङक सहित उल्लेख गरिएको छ ।

यस्तै विभिन्न शीर्षकमा हचुवाको भरमा बजेट विनियोजन गरि खर्च गरिएको तर ती शीर्षकका कार्यक्रमहरु नै नभएको अवस्था पनि पाइएको श्वेतपत्रमा जनाइएको छ ।
महानगरमा नयाँ नेतृत्व निर्वाचित भएर आएपछि गत जेठ २३ गते बसेको नगरकार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले श्वेतपत्र तयार पार्नका लागि वीरगन्ज कलेजका अध्यक्ष समेत रहेका अर्थविद् डाक्टर दिपेन्द्र चौधरीको संयोजकत्वमा ९ सदस्यिय श्वेतपत्र तर्जुमा समिति गठन गरेको थियो ।
उक्त समितिले तयार पारेको श्वेतपत्र नै आइतबार जारी गरिएको हो ।श्वतेपत्र जारी कार्यक्रममा मेयर सिंहसंगै उपमेयर इम्तियाज आलम , प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल, विभिन्न वडाका वडअध्यक्ष , कार्यपालिका सदस्य , मयेरका स्वकीय सचिव सत्यराज घिमिरे , श्वेतपत्र तर्जुमा समितिका संयोजक डाक्टर दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिती रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *