६ बैशाख २०८१, बिहीबार

सलार्हीमा भारतीय नम्बरको मोटरसाइकलले ठोकर दिदाँ एउटा बालकको मृत्यू

प्रदेश अनलाइन न्युज डेस्क
१९ असार, सलार्ही । रौतहट र सर्लाहीमा भारतीय नम्बरको बिगबिगी बढेको छ । बिना व्लुबुक , बिना लाइसेन्स र बिना हेल्मेटको प्रयोग गरि गाडी चलाउदा पनि ट्राफिक प्रहरी कुम्भकर्ण निन्द्रामा सुतेको अवस्था देख्न सकिन्छ । नतिजा दिनँहु भारतीय नम्बरको गाडीको दुर्घटनाको समाचार सुन्ने गरिन्छ । सलार्हीमा भारतीय नम्बरको मोटरसाइकलले ठोकर दिदाँ एउटा बालकको मृत्यू भएको छ ।

जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर –७, गैरिया टोलका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साह को ठक्करबाट मृत्यू भएको छ । शनिबार साँझ बीआर ३० एस ८५६७ भारतीय नम्वरको मोटरसाइकलले ठक्कर दिंदा निखिल गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । दुर्घनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *