शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन
१५ भदौ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहटको गौर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको चार कोठे कक्षाकोठाको आज एक कार्यक्रम बिच नगरप्रमुख शम्भु साहले उदघाटन गरेका छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वि.सं. २०७९ साल माघ १२ गते वसन्तपंचमीको दिन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा सो चार कोठे कक्षाकोठाको निर्माणका लागि शिलान्यास भएको थियो ।
नगरप्रमुख साहको विशेष निगरानीमा निर्माण कार्य भइरहेको सो कक्षकोठाको सात महिनामा नै निर्माण प्रक्रिया पुरा भई उदघाटन हुदाँ विद्यायलका शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु खुशी हुँदै मेयर साहलाई विशेष धन्याद दिएका छन । गौरका मेयर शम्भु साह नगरभित्रका योजनाहरु अन्तर्गत निर्माण हुने कार्यहरुलाई विशेष निगरानी गर्दै आएका छन । निर्माण कार्य स्थलमा मेयर साह आफै समय समयमा गई निरिक्षण गर्नुको साथै निर्माण कार्यम...