
बिनोद निगम / नवलपरासी / ७ श्रावण
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न.६ पडरी स्थितबाट आज बिहान ७ बजे सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले
६ सय ६० केजी बोइलर कुखुरा नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपालतर्फ अवैध कुखुरा मोटरसाइकलमा राखी ल्याउँदै गर्दा सशस्त्र प्रहरीलाई देखे वित्तीकै मोटरसाइकलबाट कुखुरा फालि मोटरसाइकल लिएर मानिस फरार भएको नेपाल सिमा सुरक्षा गुल्म( हरपुर )सशस्त्र प्रहरी निरीक्षक सुबाष खत्रीले जानकारी दिनुभयो।
बरामद गरिएको उक्त कुखुरा (६ क्विन्टल) ६० केजी अर्थात १ लाख ९८ हजार रुपैयाँ बराबरको रहेको खत्रीले बताएको छन् । बरामद अवैध कुखुरा महेशपुर क्वारेन्टाईनको रोबरमा पुरिएर नष्ट गरिएको खत्रीले जानकारी दिए ।
मुलुकमा आर्थिक संकट उत्पन्न भएका बेला चोरी तस्करी जस्ता गैर कानुनी गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर नवलपरासीमा एक्सन गरिरहेको छ ।