
११ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क ।
रौतहटको गौर नगरपालिकामा रहेको मदरसा इस्लामियामा अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सांसद नागेन्द्र साहले विशेष सहयोग गरेका छन । गौर नगरपालिका वडा नं. १ मा रहेको मदरसा इस्लामिया गौरमा ६० जना गरिब तथा अति विपन्नका छोराहरु अध्ययन गर्ने गरेका छन । रौतहट, सलार्ही लगायत विभिन्न ठाउँबाट आएका मुस्लिम समुदायका गरिबका छोराहरुका लागि सो मदरसाले निःशुल्क बस्ने, खाने तथा पढाइको व्यवस्था गदै आएको मदरसा इस्लामियाका सचिव सदाम हुसैनले जानकारी गराएका छन । पहिला सो मदरसामा उर्दु किताबहरु मात्रै पढाई हुने गरेको तर अहिले सेडुल अनुसार नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयहरुको पनि पढाइ भैइरहेको सचिव हुसैनको भनाइ रहेको छ । मदरसा इस्लामियाका अध्ययनरत विद्यार्थीहरुलाई व्यवस्थापनमा आर्थिक रुपमा समस्या भएको हुँदा रौतहट क्षेत्र नं. १ क का प्रदेश सभा सदस्य नागेन्द्र साहले एक काय्रक्रम बिच सो विद्यार्थीहरुका लागि विशेष सहयोग गरेका छन ।
सांसद साहले आफ्नो संसदीय कोषबाट सो विद्यार्थीहरुका लागि खाद्यान्न सामग्रीमा १० क्विन्टल चामल १ क्विन्टल दाल, २ क्विन्टल प्याज, अढाइ बोरा आलु, १ क्विन्टल पिठो, लहसुन १ बोरा , चना १ बोरा ३ टीना तेल साथै प्रत्येक विद्यार्थीलाइ एक÷एक जोडा पोषाकको लुगा, कुर्सी २० पिस, टुबल २० पिस, कार्पेट , पंखा लगायत शैक्षिक सामग्रीहरु वितरण गरेका छन ।
कार्यक्रममा उपस्थित मधेश प्रदेशका भौतिक पूर्वाधार मैत्री एवम रौतहट क्षेत्र न. १ ख का प्रदेश सभा सदस्य कुष्ण यादवले मदरसमा अध्ययनरत विद्यार्थीहरुको सहयोगका लागि हामी सदैव तयार रहने भन्दै मदरसाको माथिल्लो भवन निर्माणका बजेट आउने आर्थिक वर्षमा उपलब्ध गराई भवन निर्माण गर्न लगाउने प्रदिवद्धता व्यक्त गरेका छन । यदि यो आर्थिक वर्षमा पुरक वजेट आयो भने मदरसा भवनको निर्माण यसपालि नै हुने नभए आउने आर्थिक वर्षमा निश्चित रुपमा भवनको निर्माण हुने मंत्री यादवले बताएका छन । मदरसा इस्लामिया गौरको सचिव सदाम हुसेनको अध्यक्षता सम्पन्न सो कार्यक्रममा मदेश प्रदेशका भौतिक पूवार्धार मंत्री कृष्णा प्रसाद यादव, रौतहट क्षेत्र नं. १ क का प्रदेश सांसद नागेन्द्र साह, गौर नगरपालिकाका मेयर प्रत्यासी मोहन यादव, नेपाली कांग्रेस नेतृ अन्जु झा लगायत मदरसामा अध्ययनरत विद्यार्थी, शिक्षक मौलवी, अभिभावक, तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।