१६ बैशाख २०८१, आईतवार

नयाँ पत्रीकामा प्रकाशित समाचार प्रती अध्यक्ष सिंहको गम्भीर आपत्ति

१९ साउन / रौतहट । रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि उक्त समाचारको विश्वसनियता माथि गाउँपालिका अध्यक्ष शम्भु सिंहले प्रश्न चिन्ह खडा गरेका छन् ।गाउँपालिका अध्यक्ष सिंहका अनुसार तत्कालिन गंगापिपरा नमूना गाउँ विकास समितिका सचिव रामवृक्ष रायको हत्या प्रकरणमा शम्भु सिंहको संलग्नता एवं कुनै प्रमाण नरहेको ठहर जिल्ला सरकारी वकिलको कार्यालयले गरेपनि शुक्रवारको नयाँपत्रिका राष्ट्रिय दैनिकको तेश्रो पेजमा “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” प्रकाशित समाचार प्रति सिंहको गम्भीर ध्यानाकर्षण भएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०६४ साल असोज ४ गतेका दिन प्रहरी निरीक्षक बेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु सिंह समेत भएको कत्र्तव्य ज्यान मुद्दामा प्रमाणको अभाव तथा निजलाई कारवाही गर्नुपर्ने कुनै प्रमाण नदेखिदा सोही मुद्दामा प्रतिवादी उपर कारवाही चलाउन मनासिव नदेखिएको हुँदा हिरासतमा राख्न नहुने नपर्ने भएकोमा प्रस्तुत कत्र्तव्य मुद्दामा पछि कुनै आधार प्रमाण फेला परेमा अदालत समक्ष उपस्थित हुने भन्दै मान्यवर व्यक्तिको जिम्मा जमानीमा छाडीएको सरकारी वकिलको कार्यालयले दिएको पत्रमा स्पष्ट उल्लेख रहेको छ ।साथै मृतक तत्कालिन सचिव रायको घरपरिवारले पनि उक्त घटनामा शम्भु सिंह वा अन्य स्थानीय व्यक्ति नरहेको लिखित रुपमा सरकारी वकिल कार्यालय र अदालतमा बयान दिएपछि अहिले आएर विपक्षीहरुको चलखेलको आधारमा मलाई बदनाम गराउने गम्भीर षड्यन्त्र भईरहेको सहर्ष जानकारी गराउन चाहन्छु दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंहले भने ।यदी कत्र्तव्य ज्यानको मुद्दामा फरार अभियुक्त रहेका भए स्थानीय तहको अध्यक्ष पदमा मेरो उम्मेदवारी स्वतः रद्द हुने थिए तर मलाई बदनाम, चरित्रहत्या गर्नुका साथै मानसिक रुपमा प्रताडना गर्नका लागि विपक्षीहरुको यस्ता हर्कत भएको ठहर गर्दै नयाँ पत्रिका जस्तो समाजमा स्थापित भएका पत्रिकाले बास्तविक्ता बुझेर मात्रै समाचार सम्पे्रशन गर्दा समाजमा सकारात्मक असर पर्ने थिए तर कपोकल्पीत र पूर्वाग्रही रुपमा बास्तविक्ता नै नबुझी म माथि अन्याय हुने गरी समाचार प्रकाशित गरिएको कार्य प्रति मेरो गम्भीर आपत्ती रहेको अहिले प्रष्ट्याउन चाहन्छु ।यस विषयमा कानुन व्यवसायी र स्थानीय प्रशासन संग समन्वय गरिरहेको हुँदा पछि आवश्यक्ता परेमा समाचारको विषयलाई लिएर सम्बध निकायमा जाने गाउँपालिका अध्यक्ष सिंहले स्पष्ट पारे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *