२० बैशाख २०८१, बिहीबार

गौरमा लम्पी स्किन रोग विरुद्धको खोप अभियानको एक हप्तामा लाग्यो ८५० डोज खोप

२१ साउन । रौतहट । देश भरि नै महामारी रुपमा फैलिएको पशरहरुमा लाग्ने लम्की स्किन रोगले अहिले सम्म ६० हजार भन्दा बढी पशुको मृत्यु भइसकेको छ । महामारीले भयावह रुप लिएको लम्की स्किन रोगले १० लाख भन्दा बढी पशुहरु संक्रमित भएको छ । लम्की स्किन रोग विरुद्ध रौतहटको गौर नगरपालिकामा खोप अभियान संचालनमा रहेको छ । साउन १४ गते आइतवार देखि पशुहरुमा यो रोग विरुद्ध खोप लगाउने कार्यक्रमको थालनी भएको भेटेरिनरी अस्पताल गौरका चिकित्सक डा. सुभास कुमार सिंहले जानकारी गराएका छन । गौर नगरपालिका वडा नं. ९ सिर्सियामा एक सय डोज खोप लागिसकेको डा. सिंहले जानकारी गराएका छन । त्यस्तै वडा नं. ८ पुरेनवामा १०० वटा, वडा नं. ७ सिसवामा १०० वटा वडा नं. ४ टिकुलियामा ४५० वटा र वडा नं. ५ मा ८५ वटा खोप गरि अहिले सम्म ८५० डोज खोप लागिसकेको डा सुभास कुमार सिंहले जानकारी गराएका छन । बाँकी वडाहरु लम्की स्किन रोग विरुद्ध खोप लाग्ने कार्यक्रम संचालनमा नै रहेको र क्रमशः गौर नगरपालिका भित्रका सबै वडाका पशुहरुमा यो रोग विरुद्धको खोप लाग्ने डा. सिंहको भनाइ रहेको छ । मधेस सरकारले गौर नगरपालिकाका लागि एक हजार डोजको खोप उपलब्ध गराएकोका जम्मा १५० वटा खोप बाँकी रहेको र अहिले वडा नं. १,२,३ र ६ मा खोप लगाउन बाँकी रहेकोले बाकीका वडाहरुका लागि गौर नगरपालिकाले खोप उपलब्ध गराउने भएको छ । यो रोगबाट गौरमा रहेको किसानहरुको पशुलाई मृत्यु हुनबाट बचाउन हरेक किसिमको प्रयास गर्ने नगरप्रमुख शम्भु साहले बताएका छन । महामारीको रुपमा फैलिएको लम्की स्किन रोगबाट गौर नगरपालिका भित्र ११० वटा पशु संक्रमित भएको जसमा २ वटा पशुको मृत्यु भएको डा. सुभास सिंहले जानकारी गराएका छन । गौर नगरपालिका भित्र यो रोगबाट संक्रमित हुने पशुको संख्या तिब्र रुपमा बढिरहेको तर उपचार पछि निको हुनेको संख्या राम्रै रहेको डा. सिंहको भनाइ रहेको छ । केहि किसानहरुले आफ्नो पशुलाई खोप लगाउन मानेका छैनन । खोपले गर्दा गाई भैसीको दुध सुख्ने गरेको भन्दै केहि किसानले भैक्सिनेसन लगाउन नमानेको डा. सिंहको भनाइ रहेको छ । कुनै पनि खोप लगाउदा २ ३ दिनसम्म दुध नआउने तर फेरि दुध आउने गरेको डा. सुभास सिंह जानकारी गराएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *