१६ बैशाख २०८१, आईतवार

बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण यस्तो

नवलपरासी /५ श्रावण

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाईनै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो ।
पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनको नियुक्तिको विषय देखी तलव भुक्तानी, उनले पेश गरेका खर्चका विल भरपाई समेतको बिबरण माग गरेको थियो । अप्राविधिक ब्यक्तिलाई नक्कली प्राविधिक पद सिर्जना गरेर नियुक्त गरीएको भनी उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अख्तियारले पटक पटक पौडेलको नियुक्तिको विषयमा जवाफ माग गरेपछि नगरपालिकाले अख्तियारलाई मिति २०७९ फागुन २९ गते पत्राचार गरी चलानी नम्बर २७३५ रहेको पत्र मार्फत नगर प्रमुखको सचिवालय संयोजक श्री शरद पौडेललाई मिति २०७९ फागुन १२ गते देखी लागु हुने गरी हटाईएको भनी जवाफ पठाएको छ । जवाफ पठाए पनि पौडेललाई नगरपालिकाले हटाएको छैन । उनी पहिले जस्तै निरन्तर काम गरिरहेका छन् ।
( पौडेललाई हटाएको पत्र राख्ने)
नगरपालिका श्रोत भन्छ “उनी निरन्तर रुपमा कार्यालय आएका छन् तर अख्तियारलाई जवाफ लेख्ने बेलामा मिलाउन सकिनेगरी जवाफ लेखिएको हो । ” सोही अनुसार फागुन २९ गते लेखिएको पत्रमा निरन्तर कार्यालयमा आईरहेका उनलाई सम्झौता रद्द गरी हटाईको भनि अख्तियारलाई जवाफ पठाईएको छ । फागुन २९ गते नै पौडेल नगरपालिकाको बैठकमा उपस्थित भई नगर प्रमुख सचिवालयकै हैसियतमा माईन्युटमा हस्ताक्षर गरेका छन् ।
(माईन्यूटको फोटो राख्ने)
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले फागुन देखी चैत सम्म करिव १ महिना पौडेल नगरपालिकाको कर्मचारीको रुपमा नरहेको बताउँछन् । उनी भन्छन् “पौडेल जी छैठौँ तहमा कार्यरत हुनुहुन्थ्यो, प्राविधिक कारणले उहाँ एक महिना जति नगरको कर्मचारीको रुपमा रहनुभएन त्यसपछि पाँचौं तहको कर्मचारीको रुपमा हुनुहुन्छ ।”
सापकोटाले पौडेल एक महिना कर्मचारी नरहेको बताए पनि पौडेल हरेक दिन नगरपालिकाम रहि नगर प्रमुखको सचिवालयकै हैसियतमा काम गरिरहेको र नगरका विभिन्न बैठकमा सहभागी भएका छन् । नगरपालिको रेकर्डमा उनी एक दिन मात्र कर्मचारी नरहेको देखिन्छ । रेकर्ड अनुसार फागुन १३ गते एक दिन मात्र पौडेल कर्मचारी नरहेको सुचना अधिकारी पुस्कर काफ्लेले बताए ।
काफ्ले भन्छन् “पौडेलजी फागुन १२ गते सम्म छैठौ तहको रुपमा र फागुन १४ गते देखी हाल सम्म पाँचौँ तहको कर्मचारीको रुपमा काम गरिरहेको छ ।”
नगर प्रमुखको सचिवालयमा कार्यरत पौडेलले पदको विषयमा आफै दुविधामा रहेको बताए । उनी भन्छन् “सुरुमा छैठौं तहको कर्मचारीको रुपमा कार्यरत रहेको र हाल पाँचौं तहको कर्मचारीको रुपमा कार्यरत रहे पनि पदको बारेमा आफै दुविधामा छु ।”

पौडेल २०७९ श्रावण २५ गते को नगरको निर्णय र नगर संगको सम्झौता अनुसार नगर प्रमुखको सचिवालय संयोजकको रुपमा कार्यरत रहँदै आएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *